१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार o७:१६:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

जडेजाले पूरा गरे आइपिएलमा सय क्याच

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o७:१६:oo

आइपिएलमा प्रभावशाली प्रदर्शन गर्ने जडेजाले ब्याटिङमा दुई हजार पाँच सय रन बटुलेका छन् । उनले अहिलेसम्म एक सय ५० विकेट लिएका छन् ।

साबिक विजेता चेन्नई सुपर किंग्सका अलराउन्डर रवीन्द्र जडेजाले इन्डियन प्रिमियर लिग (आइपिएल)मा सय क्याच पूरा गरेका छन् । यो सफलता प्राप्त गर्ने जडेजा पाँचौँ खेलाडी हुन् । उनले प्रतियोगिताअन्तर्गत सोमबार राति कोलकाता नाइट राइडर्सविरुद्ध दुई क्याच लिएका थिए । आइपिएलमा सर्वाधिक क्याच लिने रोयल च्यालेन्जर्स बैंग्लोरका विराट कोहली हुन् । उनले अहिलेसम्म एक सय १० क्याच समातेका छन् । यसक्रममा उनले दुई सय ४२ खेल खेलेका छन् । दोस्रो स्थानमा सुरेश रैना रहेका छन् । उनले दुई सय पाँच खेलमा एक सय नौ क्याच लिएका छन् । 

मुम्बईका किरन पोलार्ड सर्वाधिक क्याच लिने खेलाडीमा तेस्रो स्थानमा छन् । उनले एक सय ८९ खेलमा एक सय तीन क्याच समातेका छन् । मुम्बई इन्डियन्सका पूर्वकप्तान रोहित शर्माले आइतबार सय क्याच संख्या पूरा गरे । उनले दुई सय ४७ खेल खेलेका छन् । आइपिएलमा प्रभावशाली प्रदर्शन गर्ने जडेजाले ब्याटिङमा दुई हजार पाँच सय रन बटुलेका छन् । उनले अहिलेसम्म एक सय ५० विकेट लिएका छन् । आइपिएलमा यो उपलब्धि हात पार्ने खेलाडीको सूचीमा उनी शीर्ष स्थानमा छन् । कोलकाताका एन्ड्रेरसेलले अहिलेसम्म दुई हजार रन र सय विकेट लिएका छन् । 

धोनी २८औँपटक नटआउट
आइपिएलमा महेन्द्रसिंह धोनी सर्वाधिक सफल कप्तानका रूपमा हुन् । उनकै उत्कृष्ट प्रदर्शनमा चेन्नईले पाँचपटक उपाधि जितेको छ । यूवाहरूलाई अनुभवी र मौका दिनुपर्ने जनाउँदै धोनीले यसपटक आइपिएलको कप्तानी छाडेका थिए । चेन्नईका मुख्य खेलाडीसमेत रहेका धोनी आइपिएलमा २८औँपटक नटआउट रहँदै पेभेलियन फर्केका छन् । कोलकाताविरुद्ध उनी पाँचौँ नम्बरका ब्याटिङ गर्न आएका थिए । सामान्य रूपमा उनी आइपिएलमा सातौँ वा आठौँ नम्बरमा ब्याटिङ गर्न आउँछन् । यसपटक चेन्नईले लक्ष्य पछ्याएको इनिङ्समा उनी तेस्रो नम्बरमा ब्याटिङ गर्न उत्रिएका थिए । 

उनले तीन बलमा एक रन बनाए । आइपिएलमा सर्वाधिक नटआउट रहने खेलाडीमा उनी शीर्ष स्थानमा रहेका छन् । चेन्नईकै जडेजा २७ पटक नटआउट रहेका छन् । बैंग्लोरका दिनेश कार्तिक २३ पटक नटआउट रहे । कोलकाताका पूर्वखेलाडी युसुफ पठान तेस्रो स्थानमा रहे । उनले २२ पटक नटआउट इनिङ्स खेले । यसैगरी गुजरातका डेभिड मिलर पनि २२ खेलमा नटआउट रहे । 

जडेजा झुक्किए
कोलकाताविरुद्ध लक्ष्य पछ्याएको इनिङ्समा चेन्नईले १७ ओभरमा विकेट गुमाएको थियो । चेन्नईले यसपटक तेस्रो विकेट गुमाउँदा जितका लागि तीन रन आवश्यक थियो । जितको मुखैमा रहेको चेन्नईका पूर्वकप्तान धोनी ब्याटिङका लागि मैदान जान तयारी गरेका थिए । यसैबीच अलराउन्डर जडेजा आवश्यक रन बटुल्न मैदान भित्र प्रवेश गरे । तर, अफिसिल रूपमा धोनी नै तेस्रो क्रममा ब्याटिङ गर्न जाने निर्णय भइसकेको थियो । जडेजा क्रिज भित्र प्रवेश गरिरहँदा डग आउट समय चलिरहेको थियो । यसै समयमा धोनी प्याड लगाउँदै मैदानभित्र प्रवेश गरे । धोनी आउँदै गरिरहेको देखेपछि जडेजा पेभेलियनतर्फ फर्किए । 
 

ad
ad