१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार o७:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

गुल्मीमा दुई घरगोठमा आगलागी हुँदा परिवारको बिचल्ली 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o७:o८:oo

गुल्मीमा एकै दिन रेसुंगा नगरपालिका र धुर्कोटमा दुई परिवारको घरगोठमा आगलागी हुँदा बिचल्ली भएको छ । अचानक आगलागी हुँदा गुल्मी धुर्कोट गाउँपालिका- २ पिपलधारा बम्जिम बस्ने चेतबहादुर महतको घरगोठ जलेर नष्ट भएको छ ।

गोठमा दाना पकाउने क्रममा अचानक आगलागी भएपछि १० वटा बाख्रा मरेका छन् । यसैगरी, एक तोला सुन, १० हजार नगद, लत्ताकपडा, भाँडा, एक थान टिभी, ग्यासचुलो र हातेट्रयाक्टर जलेर पूर्ण रूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक किरण सापकोटाले जानकारी दिए । प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको थियो । 

त्यस्तै, रेसुंगा नगरपालिका– १० की ६२ वर्षीया नमकला बलालको दुईतले घर पनि आगलागीका कारण जलेर नष्ट भएको छ ।  प्रहरी निरीक्षक सापकोटाका अनुसार तल्लो तलामा खाना पकाउने क्रममा अचानक आगलागी भएपछि पाँचवटा बाख्रा र एउटा भैँसी जलेर घाइते भएका छन् ।

घटनालगत्तै प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षक कृष्णबहादुर विकको कमान्डमा खटिएको १० जनाको प्रहरी टोली र स्थानीयको सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा आएको छ । आगलागीबाट पीडित परिवार छिमेकीको आश्रयमा बसेका छन् ।

ad
ad