१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
रासस काठमाडौं
२o८१ बैशाख १७ सोमबार १६:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

नेप्से ९ अंकले बढ्यो, चार अर्बभन्दा बढीको कारोबार

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १६:१६:oo

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको वृद्धि भएको छ। नेप्से ९.१९ अंकले बढेर दुई हजार ३६.०१ को विन्दुमा कायम हुँदा रु. चार अर्बभन्दा बढीको कारोबार भएको छ।

आज तीन सय १५ कम्पनीको ९७ लाख ८९ हजार चार सय १६ कित्ता सेयर ७२ हजार दुई सय ६१ पटक खरिद–बिक्री हुँदा रु. चार अर्ब १४ करोड ३७ लाख ८३ हजार नौ सय ८९ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
 
आज होटेल तथा पर्यटन समूह ०.६८, उत्पादन तथा प्रशोधन समूह १.४६ र लघुवित्त समूह १.१४ प्रतिशतले घटेका छन् भने अरू सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै वित्त समूह २.७९ र अन्य समूह २.४२ प्रतिशतले बढेको छ।

त्यसैगरी, बैंकिङ ०.३२, विकास बैंक ०.६७, जलविद्युत् ०..७६, लगानी ०.६९, जीवन बिमा ०.४९, म्युचअल फन्ड ०.५०, निर्जीवन बिमा एक र व्यापार समूह ०.४० प्रतिशतले बढेको छ।

जानकी फाइनान्स कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने नेपाल फाइनान्स लिमिटेड र पोखरा फाइनान्स लिमिटेडको सेयर मूल्य समान ९.९९ प्रतिशतले बढेको छ। विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ।

कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा सबैभन्दा धेरै सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको रु. १८ करोड आठ लाख १० हजार नौ सय २० बराबरको तीन लाख ६१ हजार कित्ता सेयर किनबेच भएको छ।

ad
ad