१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
तस्बिर : संजित परियार/नयाँ पत्रिका।
संजित परियार काठमाडौं
२o८१ बैशाख १८ मंगलबार १५:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

राप्रपाको प्रदर्शनमा पानीको फोहाेरा प्रहार (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १५:o६:oo

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा गरेको प्रदर्शनमा प्रहरीले लाठी र पानीको फोहाेरा प्रहार गरेको छ।

काठमाडौंका विभिन्न स्थानबाट निस्किएको र्‍याली केन्द्रीकृत भई भद्रकालीबाट माइतीघरतर्फ मोडिने क्रममा प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्यास, लाठी र पानीको फोहाेरा प्रहार गरेको हो।

प्रदर्शनकारीहरू निषेधित क्षेत्र तोडेर अघि बढेपछि बाध्य भएर कारबाही गर्नुपरेको प्रहरीले जनाएको छ।

गत फागुन ९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ४० बुँदे मागपत्र बुझाएर राप्रपा आन्दोलनमा होमिएको हो।

आजको प्रदर्शनमा प्रहरीको लाठी र अश्रुग्यास लागेर केही प्रदर्शनकारी घाइते भएका छन्। प्रदर्शनकारीले प्रहरीलक्षित गर्दै ढुंगा र इँटाका टुक्रा पनि प्रहार गरेका थिए। 

तस्बिरहरू : संजित परियार/नयाँ पत्रिका

ad
ad