१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १७ सोमबार १३:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

संसदीय छानबिन समितिलाई प्रतिशोध साँध्न दुरुपयोग नगरौँ : स्वर्णिम वाग्ले

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १३:४३:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले संसदीय छानबिन समितिलाई प्रतिशोध साँध्ने औजारका रूपमा दुरुप्रयोग नगर्न आग्रह गरेका छन्।

नेपाली कांग्रेसको अवरोधले प्रतिनिधिसभा बैठक स्थगित भएपछि संसद् भवनपरिसरमा पत्रकारहरूसँग कुरा गर्दै वाग्लेले संसदीय समितिलाई व्यक्तिविशेषको विरुद्ध प्रयोग नगर्न आग्रह गरेका हुन्।

‘राष्ट्रिय स्वतन्त्र पार्टीको कारणले नै यो मुलुक बेथितितिर गएजस्तो भाष्य सिर्जना गरिएको छ। इलाम २ का जनताले त वैशाख १५ मा जवाफ दिने नै छन्,’ उनले भने, ‘तर, यो संसदीय छानबिन समितिलाई यसरी व्यक्ति खुइल्याउने, प्रतिशोध साँध्ने औजारका रूपमा दुरुपयोग नगरौँ।’

केही महिनाअघि मात्रै सत्तामा रहँदा कांग्रेस महामन्त्री गगन थापाले सत्तारूढ दलका सांसद रत्नपार्क गएर नभई संसदमै बोल्ने बताएका उल्लेख गर्दै वाग्लेले भने, ‘केही महिनाअघि मात्रै अहिलेका प्रतिपक्षी दलका महामन्त्रीले संसदीय समिति आवश्यक छैन, सत्तारूढ दलले संसदमा बोल्न पाएन भने के इलाम गएर बोल्ने, के रत्नपार्क गएर बोल्ने भन्ने शैलीमा प्रस्तुत हुनुभएको थियो। त्यस्तो अवस्थामा हामीलाई नपुर्‍याऔँ।’

ad
ad