१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
रुकुमपश्चिमको चौरजहारी नगरपालिका– १ मा नबिल बैंकको सहयोगमा नगरपालिकाले बनाइदिएको जस्तापाताले छाएको घर । इन्सेटमा १९ वर्षीया निरुता लामिछाने 
२o८१ बैशाख १९ बुधबार o९:o४:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

त्रिपालबाट बढुवा भएको निरुताको अस्थायी घर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o९:o४:oo

गत १७ कात्तिकमा जाजरकोटको बारेकोट गाउँपालिका– १, रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्पले रुकुमपश्चिमको चौरजहारी नगरपालिका–१ मा ८ सय घरमा क्षति पुग्यो । भूकम्पबाट विस्थापित भएका सबै त्रिपालमा बस्न बाध्य भए । भूकम्पको त्रास, चिसो मौसमको कष्टसँगै घरसम्पत्ति, आफन्त तथा परिवारका सदस्य गुमाउँदाको पीडा निकै दुर्दान्त छ ।

विपत् प्रभावितमध्येकी एक हुन् १९ वर्षीया निरुता लामिछाने । बाबु, आमा र भाइसँगै उनको पनि वास त्रिपालमै सीमित भयो । लगातारको परकम्पनले निरुतालाई यति त्रसित बनायो कि चिसो हावा त्रिपालसँग ठोक्किएको आवाज सुन्दा पनि उनी झस्किहाल्थिन् । ढुंगाको गाह्रोमाथि सिमेन्ट पोतिएको जस्ताको छानाले बनेको दुईतले घर देखाउँदै उनले भनिन्, ‘बाबाले दुःख गरेर बनाएको घर भूकम्पको कारण भत्किएपछि पाँच मिटर पर त्रिपालमा बसियो, जुन बसाइ असहज लाग्थ्यो । त्यसमाथि पनि छिनछिनमा गइरहने परकम्पनले झन् त्रास र चिन्ता थप्थ्यो ।’ निरुताको टहरा निर्माण भएपछि उनको परिवार माघको पहिलो सातादेखि यसैमा बस्न थालेका छन् ।

स्नातक प्रथम वर्षमा अध्ययनरत निरुताले भने भाग्यवश आफन्त गुमाउनुपरेन । तर, त्रिपालमा बस्नुपर्ने बाध्यताले उनको पढाइदेखि अन्य सबै काम एकाएक प्राथमिकताबाट बाहिरिए । विपत्को यो पीडा पार गरेकी निरुता अहिले चिटिक्क परेको अस्थायी टहराभित्र खुसी भएर बसेकी छिन् । ‘त्रिपालभित्रको सकसपूर्ण वास अहिले अस्थायी टहरामा बढुवा भएको छ । यसले गर्दा चिसोबाट बच्न सकियो, आनन्दले सुत्न सकिएको छ, पढाइ सुचारु गर्न सकिएको छ । अनि आफ्ना दैनिकी पहिलेकै अवस्थामा फर्काउन सकिएको छ,’ उनले भनिन् । निरुताको भनाइमा घर केवल वास मात्र होइनरहेछ । यो त मान्छेको स्वास्थ्य, सुरक्षा, अध्ययन, भविष्य जन्माउने आधार नै रहेछ, जुन कुराको सिकाइ विपत्को पीडाबाट हुँदोरहेछ । 

निरुताजस्तै भूकम्प प्रभावित ५० परिवारका लागि चौरजहारी नगरपालिका– १ मा नबिल बैंकले स्थानीय सरकारसँगको साझेदारीमा अस्थायी टहरा निर्माण गरेको छ । अस्थायी टहरा निर्माण साझेदारीअन्तर्गत भूकम्प प्रभावित परिवारले श्रमदान र भएसम्म पुरानो घरका ढोका भ्mयाल उपलब्ध गराए भने निर्माण सामग्री तथा निर्माण कार्यमा नबिल बैंकले सहयोग गर्‍यो । झन्डै ८० हजारबराबरको लागतमा निर्माण भएको टहरा बनाउन परिवारका सबै सदस्यले पनि दिनरात खटिएर श्रमदान गरेकाले छोटो समयमै घर तयार भएको निरुताले बताइन् । 

भूकम्प प्रभावितलाई ओत लाग्ने सुरक्षित स्थान निर्माणका लागि नबिल बैंकको सहयोगप्रति नगरपालिका पनि सन्तुष्ट छ । चौरजहारी नगरपालिका– १ का अध्यक्ष इन्द्र गिरीले अस्थायी टहरा निर्माणका लागि नबिल बैंकसहित अन्य गैरसरकारी संस्थासँग पनि साझेदारी भइरहेको छ । बैंकले टहरा बनाउन आवश्यक पर्ने जस्तापाता, बाँस, सिमेन्ट, रंगरोगन, किल्लाकाँटीजस्ता निर्माण सामग्री भूकम्प प्रभावितलाई आफैँले उपलब्ध गराएको र घरधनीलाई समेत घर निर्माणमा संलग्न गराएकाले बैंकले जिम्मा लिएका अस्थायी घरहरू छिटो निर्माण भएको गिरीको भनाइ छ । 

 

ad
ad