१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार o८:४o:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

आइपिएलको टिकेट ब्ल्याकमा बिक्री

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o८:४o:oo

राजस्थान र बैंग्लोरबीचको खेलमा भिभिआइपीस्तरको फ्री टिकेट बजारमा २५ हजार भारुमा बिक्री भएको थियो

१७औँ इन्डियन प्रिमियर लिग (आइपिएल)मा टिकेट बिक्रीमा ब्ल्याकमेलिङ भइरहेको भारतीय मिडियाले जनाएको छ । आयोजकले भिभिआइपीस्तरको टिकेट सम्बन्धित निकायलाई फ्रीमा दिने गरेको छ । ती पदाधिकारीले बाहिर दलालको मार्फतबाट कालोबजारीमा बिक्री गरेको भारतीय एजेन्सीले दाबी गरेको छ । रोयल्स च्यालेन्जर्स बैंग्लोर र राजस्थानबीचको खेलमा प्राप्त फ्री टिकेट २५ हजार भारुमा बिक्री भएको जनाइएको छ ।

यो खेल राजस्थानको घरेलु मैदान जयपुरमा भएको थियो । भिभिआइपीको फ्री टिकेट मानसिंह रंगशालाबाहिर दलालमार्फत बिक्री भएको एजेन्सीले फोटोसहित सोयल मिडियामा पोस्ट गरेका छन् । यस किसिमको पास बोकेका व्यक्ति सुविधा प्राप्त गर्छन् ।

यसैगरी, राजस्थानविरुद्धको खेल हेर्न एउटा फ्री टिकेट आठ हजार भारुमा बिक्री भएको थियो । भारतीय मिडियाका अनुसार राजस्थान र बैंग्लोरबीचको प्रतिस्पर्धामा धेरै टिकेटमा कालोबजारी भएको छ । सामान्य २२ सय भारु पर्ने टिकेट ब्ल्याकमेलमा चार हजार भारुसम्म बिक्री भएको थियो । यसैगरी, १७ सय पर्ने टिकेट ४५ सयसम्म बिक्री भएको एजेन्सीले दाबी गरेको छ । 

चेन्नईले कोलकातालाई हरायो
आइपिएल २२औँ खेलमा चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्समाथि सानदार सात विकेटको जित निकालेको छ । पहिलो ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ९ विकेट गुमाएर एक सय ३७ रन बनाएको थियो । प्रत्युत्तरमा चेन्नई सुपर किंग्सले १७.४ ओभरमा तीन विकेट गुमाएर १४१ रन बनायो । चेन्नईको जितमा रितुराजले सर्वाधिक ६७ रनको योगदान दिए । उनले ५८ बलमा नौ चौका प्रहार गरेका थिए ।

मिचेलले १९ बलमा २५ रन बनाए । शिभम दुवेले १८ बलमा तीन छक्का र एक चौकाको सहयोगमा २८ रनको योगदान दिए । यसअघि ब्याटिङ गरेको कोलकाताका लागि कप्तान श्रयस ऐयरले सर्वाधिक ३४ रनको योगदान दिएका थिए । उनले ३२ बलमा तीन चौका प्रहार गरे । यसैगरी, सुनील नारिनले २० बलमा तीन चौका र दुई छक्का प्रहार गरी २७ रन बटुले । कोलकाताका रघुवंशीले तीन चौका र एक छक्काको सहयोगमा २४ रन बनाए । 

दक्षिण अफ्रिकाका विलियम्स दिल्लीमा
दिल्ली क्यापिटल्सले दक्षिण अफ्रिकाका बलर लिजाद विलियम्सलाई भित्र्याएको छ । इंग्ल्यान्डका हेरी ब्रुकको स्थानमा विलियम्सलाई भित्र्याएको आइपिएलले जनाएको छ । इंग्लिस ब्याट्सम्यान ब्रुकले निजी कारण देखाउँदै आइपिएल छाडेर गएका छन् । दिल्लीले आइपिएलको अक्सनमा ब्रुकलाई चार करोड भारुमा भित्र्याएको थियो । १७औँ आइपिएलको अक्सनमा विलियम्सले आफ्नो औसत मूल्य ५० लाख भारु राखेको थियो । दिल्लीले कति रकममा उनलाई अनुबन्ध गरेको हो भन्ने जनाएको छैन । 

विलियम्सले सन् २०२१ मा दक्षिण अफ्रिकाबाट अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका थिए । उनले अहिलेसम्म दुई टेस्ट, चार एकदिवसीय तथा ११ अन्तर्राष्ट्रिय टी–२० खेलमा सहभागिता जनाएका छन् । उनले अहिलेसम्म घरेलु क्रिकेटमा ८३ खेलमा एक सय ६ विकेट लिएका छन् । दक्षिण अफ्रिकाका टी–२० लिगमा उनी यस सिजनकै चौथो सर्वाधिक विकेट लिने बलर थिए । उनले जावर्ग सुपर किंग्सबाट सहभागी हुँदै ९ खेलमा १५ विकेट लिएका थिए । दुई महिनाअघि भारतमा भएको एकदिवसीय विश्वकपमा उनले प्रतिस्पर्धा गरेका थिए । एकदिवसीय विश्वकपमा उनको नाममा दुई विकेट छ । 

ad
ad