१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
महिला क्रिकेटतर्फ सुदूरपश्चिम (पहेँलो) फाइनलमा पुगेको छ । सुदूरपश्चिमले सोमबार लुम्बिनीलाई ११० रनले हरायो । 
२o८१ बैशाख १७ सोमबार o८:o१:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

प्रथम अन्तरप्रदेश राष्ट्रिय खेलकुद : तेक्वान्दोमा निर्मल र सुशीलालाई स्वर्ण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o८:o१:oo

लुम्बिनीका निर्मल पुनमगर र कोशीकी सुशीला राईले सोमबार प्रथम अन्तरप्रदेश राष्ट्रिय खेलकुदअन्तर्गत तेक्वान्दोमा स्वर्ण जितेका छन् । एकल पुम्सेको पुरुषमा निर्मल र महिलामा सुशीलाले स्वर्ण जितेका हुन् । पुरुषमा गण्डकीका आयुष गुरुङले रजत र कोशीका विवेक राई र बागमतीका यबन्दिन दाहालले संयुक्त रूपमा कांस्य जिते । महिलामा बागमतीकी कविना राईले रजत तथा लुम्बिनीकी सन्जना मगर र गण्डकीकी रितु बुढाथोकीले कांस्य हात पारे । 

महिला टिम पुम्सेमा कोशी पहिलो, गण्डकी दोस्रो तथा लुम्बिनी र बागमती तेस्रो भएका छन् । पुरुष टिम पुम्सेमा कोशीले स्वर्ण हात पारेको छ । बागमतीले रजत तथा लुम्बिनी र गण्डकीले कांस्य हात पारे । अन्तरप्रदेश खेलकुदको पेयर पुम्सेमा कोशीका विवेक राई र सुशीला राईले स्वर्ण जितेका छन् । गण्डकीका आयुष गुरुङ र रितु बुढाथोकीले रजत जिते ।

कराँतेको पुरुष एकल कातामा बागमतीका अमृत थोकरले स्वर्ण हात पारे । कोशीका विवेक राईले रजत तथा सुदूरपश्चिम प्रदेशका धर्मेन्द्र रेग्मी र लुम्बिनीका आजाद सिंहले कांस्य जिते । सोही स्पर्धाको महिलामा सुदूरपश्चिमकी वर्षा साउद पहिलो भएकी छिन् । बागमतीकी एलिना थिङ द्वितीय तथा मधेश प्रदेशकी सुजाता परियार र कोशीकी रोस्मा राई तेस्रो भए । टिम काताको पुरुष र महिला दुवैमा बागमती पहिलो भएको छ । लुम्बिनीले रजत तिजेको छ । 

भलिबलमा बागमती र सुदूरपश्चिमको जित 
बागमती प्रदेश खेलकुद प्रतियोगिताको पहिलो दिनको खेलमा पुरुषतर्फ सुदूरपश्चिम प्रदेश र महिलातर्फ बागमती प्रदेशले सहज जित निकालेका छन् । पहिलो खेलमा सुदूरपश्चिमले बागमतीलाई ३–० को सोझो सेटमा हराएको हो । पहिलो सेटमा २५–२१ को जित निकालेको सुदूरपश्चिमले दोस्रो सेटमा २५–१८ र अन्तिम सेटमा २५–२१ को जित निकालेको हो । पुरुषतर्फ मधेसमाथि गण्डकीले ३–१ सेटको जित निकाल्यो ।

गण्डकीले २०–२५, २५–११, २५–२१ र २५–१८ को जित निकाल्यो । पुरुषतर्फको अन्तिम खेलमा लुम्बिनीले कोशीमाथि ३–१ सेटको जित निकालेको छ । महिला पहिलो खेलमा मधेस प्रदेशमाथि लुम्बिनीले सोझो सेटको जित हात पार्‍यो । दोस्रो खेलमा कर्णालीले सुदूरपश्चिममाथि सोझो सेटमा जित निकालेको छ । बागमतीले कोशीमाथि २५–७, २५–१३ र २५–१४ को जित निकाल्यो ।

एक सय ३६ स्वर्णका लागि प्रतिस्पर्धा
प्रतियोगितामा तीन हजारभन्दा बढीको सहभागिता रहने बागमती प्रदेश खेलकुद विकास समितिका सदस्यसचिव सूर्यलाल भण्डारीले बताए । प्रतियोगितामा एक सय ३६ स्वर्ण, एक सय ३६ रजत र एक सय ८४ कांस्यका लागि प्रतिस्पर्धा हुने उनले बताए । प्रतियोगिताका स्वर्ण विजेताले पाँच हजार, रजतले चार हजार र कांस्य विजेता खेलाडीले तीन हजार रुपैयाँ हात पार्नेछन् । हरेक खेलका उत्कृष्ट खेलाडीलाई १० हजार नगदबाट पुरस्कृत गरिनेछ ।

टिम च्याम्पियनलाई चाँदीको रनिङ सिल्ड प्रदान गरिने भण्डारीले बताए । प्रतियोगिता सञ्चालन गर्न १२ करोड खर्च हुने आयोजकले जनाएको छ । बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले संयुक्त रूपमा आयोजना गरेको प्रतियोगिताको समापन हेटौँडाको गौरीटार रंगशालामा हुनेछ ।

ad
ad