१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १४:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

गुल्मीदरबारका ७१ दलित परिवारलाई ट्यांकी वितरण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १४:१४:oo

गुल्मीको गुल्मीदरबार गाउँपालिकाका ७१ दलित घरपरिवारलाई ट्या‌ंकी वितरण गरिएको छ। गाउँपालिका अध्यक्ष सरोजकुमार थापा, उपाध्यक्ष तारा थापा र वडाध्यक्ष रामबहादुर थापासहितको टोलीले ट्यांकी प्रदान गरेकाे हाे।

ट्यांकी प्रदान गर्दै गाउँपालिका अध्यक्ष थापाले जतन गरेर उपयोग गर्न आग्रह गरे। वडा नं. ३ ले दलितलक्षित कार्यक्रमअन्तर्गत पानी संकलन गर्न सजिलो होस् भन्ने उद्देश्यले दलित परिवारलाई ट्यांकी प्रदान गरिएको वडाध्यक्ष थापाले बताए।

ट्यांकी वितरणका लागि वडाले तीन लाख ५० हजार रकम विनियोजन गरेको थियो। ट्यांकी पाएपछि गुल्मीदरबार– ३ की ६९ वर्षीया खगिसरा सार्की खुसी भइन्। ८० वर्षीय शिवबहादुर दर्जीले गाग्रीको पानीले मात्र नपुग्ने अवस्थामा पालिकाले ट्यांकी दिएपछि ठूलो राहत मिलेको बताए।

ad
ad