१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
रासस लिस्बन (पोर्चुगल)
२o८१ बैशाख १७ सोमबार ११:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
प्रवास डिजिटल संस्करण

समुद्रमा डुबेर पोर्चुगलमा एक नेपालीको मृत्यु, एक युवा बेपत्ता    

Read Time : < 1 मिनेट
रासस, लिस्बन (पोर्चुगल)
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार ११:१७:oo

समुद्रमा डुबेर पोर्चुगलमा एकजना नेपालीको मृत्यु भएको छ । अर्का एक नेपाली युवा बेपत्ता भएका छन् । शनिबार राति मोन्तिजोस्थित समुद्रमा सामुद्रिक जीव खोज्ने क्रममा धादिङको नेत्रावती डबजोङ गाउँपालिका– ५, कटुञ्जेका ३० वर्षीय धनबहादुर तामाङको डुबेर मृत्यु भएको हो ।

सोही स्थानका ३८ वर्षीय टेकबहादुर तामाङ बेपत्ता भएका छन् । दुवैजना शनिबार राति बेपत्ता भएको तामाङ समाज पोर्चुगलका अध्यक्ष गोपाल योञ्जनले  जानकारी दिए । बेपत्तामध्ये धनबहादुरको शव आइतबार उद्धार टोलीले समुद्रमा भेट्टाएको थियो । टेकबहादुर हालसम्म बेपत्ता छन् ।

धनबहादुर र टेकबहादुरसहित अन्य दुई नेपाली पनि सामुद्रिक जीव खोज्न गएका थिए । बेपत्ता टेकबहादुरको झोला र बाल्टी मात्रै भेटिएको योञ्जनले बताए। धनबहादुरको शव परीक्षणका लागि मोन्तिजोस्थित बरेइरो अस्पतालको शवगृहमा राखिएको छ । दुवैजना समुद्रमा बेपत्ता भएपछि उद्धारका लागि तत्काल प्रहरीलाई खबर गरिएको मोन्तिजो नेपाली समाज पोर्चुगलका सचिव प्रबल भट्टराईले बताए । उद्धार टोलीले शनिबारदेखि नै विभिन्न माध्यममार्फत बेपत्ताको खोजी गरिरहेको छ।

धनबहादुर वैदेशिक रोजागारीको सिलसिलामा फ्रान्स हुँदै गत वर्ष पोर्चुगल आएका थिए । यस्तै, चार महिनाअघि क्रोएसिया आएका टेकबहादुर १८ दिनअघि मात्रै पोर्चुगल आएका थिए । दुवैजना नाताले काका–भतिज पर्छन् । दुवैजना मोन्तिजो बस्दै आएका थिए ।     

 

ad
ad