१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १७ सोमबार o७:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

एमाले नेता महेश बस्नेतविरुद्ध प्रहरीमा जाहेरी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o७:४९:oo

- बलात्कार, भ्रूण हत्या तथा डकैतीको आरोप लगाउँदै एक महिलाले बस्नेतविरुद्ध जाहेरी दिएकी छिन्
- नेपाल र भारतमा पटकपटक बलात्कार गरेको पीडितको दाबी

एमाले नेता महेश बस्नेतविरुद्ध प्रहरीमा फौजदारी कसुरमा किटानी जाहेरी परेको छ । बलात्कार, भ्रूण हत्या तथा डकैतीको आरोप लगाउँदै एक महिलाले उनीविरुद्ध जाहेरी दिएकी हुन् ।

सुरुमा सीधै प्रहरीमा जाहेरी दिएकोमा दर्ता नभएपछि हुलाकमार्फत उनले दर्ता गराएकी हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंले उनको जाहेरी दर्ता गरी अनुसन्धान अघि बढाएको जनाएको छ । नेपाल र भारतमा पटकपटक बलात्कार गरेको पीडितको दाबी छ ।

साथै, दुई महिनाको पेटको बच्चा पनि औषधि खुवाएर गर्भपतन गराएको उजुरीमा उल्लेख छ । प्रमाणहरू नष्ट गर्न आफू बस्ने अपार्टमेन्टमा दुई युवक लगाएर मोबाइल डकैती गरिएको भन्दै त्यसमा पनि छानबिन माग गरिएको छ । एमालेकै कार्यकर्ता रहेकी ती पीडितले यसअघि सार्वजनिक रूपमै नेता बस्नेतविरुद्ध विभिन्न आरोप लगाउँदै आएकी थिइन् ।

 

 

ad
ad