१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार o६:२७:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

आइपिएलमा जोडे कोहलीले आठौँ शतक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o६:२७:oo

रोयल च्यालेन्जर्स बेंग्लोरका विराट कोहलीले इन्डियन प्रिमियर लिग (आइपिएल)मा आठ शतक पूरा गरेका छन् । १७औँ आइपिएलको शनिबार राति भएको खेलमा राजस्थान रोयल्ससँग ६ विकेटले पराजित भएको खेलमा कोहलीले बेंग्लोरका लागि ११३ रनको शतकीय इनिङ्स खेले । उनले ७२ बलमा १२ चौका र चार छक्का प्रहार गरे । राजस्थानलाई जित दिलाउने क्रममा जोस बटलरले १०० रनको योगदान दिए । कोहली आइपिएलमा सर्वाधिक शतक लगाउने खेलाडी हुन् । दोस्रो स्थानमा वेस्ट इन्डिजका क्रिस गेल र जोस बटलर रहेका छन् ।

दुवै खेलाडीले समान ६ शतक लगाएका छन् । लोकेश राहुल, डेभिड वार्नर र सेन वाट्सनले समान चार शतकीय इनिङ्स खेलेका छन् । कोहलीले राजस्थानविरुद्ध ६७ बलमा शतक लगाए । आइपिएल करिअरमा उनले पहिलोपटक १२ ओभर ब्याटिङ गरे । खेलमा शतक गरे पनि धेरै हारको नतिजा सामना गर्ने कोहली पहिलो हुन् । उनले आइपिएलमा तीन शतकीय इनिङ्स खेल्दा हारको सामना गरे । हासिम अमला र सञ्जु सामसनले समान दुई शतक प्रहार गर्दा पनि जित निकाल्न सकेनन् । 

आइपिएलमा धेरै बल खेल्ने
आइपिएलमा पाँच खेलाडीले मात्र ७० बलभन्ला माथि सामना गरेका छन् । शीर्ष स्थानमा कोलकाता नाइट राइडर्सका ब्रान्डन म्याककुलमले सन् २००८ मा बेंग्लोरविरुद्ध ७३ बल खेलेका थिए । बेंग्लोरका मनीष पाण्डेले सन् २००९ मा डेकन चार्जसविरुद्ध ७३ बल खेलेका थिए । तेस्रो स्थानमा कोहली छन् । लोकेश र क्विन्टन डी ककले समान ७० बल खेलेका थिए । आइपिएलमा धेरै बल सामना गरी शतकीय इनिङ खेल्नेमा बेंग्लोरका मनीष नै रहे । उनले सन् २००९ मा डेकनविरुद्ध ६७ बलमा शतक लगाए । मुम्बईका सचिन तेन्दुलकरले सन् २०११ मा कोलकाताविरुद्ध ६६ बल, डेभिड वार्नरले ६६ बल र जोस बटलरले ६६ बलमै शतकीय इनिङ्स खेलेका थिए । 

मुम्बईको पहिलो जित
पाँचपटकको विजेता मुम्बई इन्डियन्सले आइपिएलमा पहिलो जित निकालेको छ । वाँखडे रंगशालामा मुम्बईले आफ्नो चौथो खेलमा दिल्ली क्यापिटल्सलाई २९ रनले हराउँदै पहिलो जित निकालेको हो । यसअघि मुम्बई लगातार तीन खेलमा पराजित भएको थियो । पहिलो ब्याटिङ गरेको मुम्बईले २० ओभरमा पाँच विकेटको क्षतिमा २३४ रन जोडेको थियो । प्रत्युत्तरमा दिल्लीले २० ओभरमा आठ विकेटको नोक्सानीमा २०५ रन जोडेको थियो । मुम्बईका लागि ओपनर रोहित शर्माले २७ बलमा ४९ तथा इशन किशनले २३ बलमा ४२ रन जोडेका थिए । टिम डेभिडले २१ बलमा ४५ र रामारियो सेफर्डले १० बलमा ३९ रनको योगदान दिए । प्रत्युत्तरमा दिल्लीका लागि पृथ्वी साउले ४० बलमा ६६ रन र अविशेक पोरेलले ३१ बलमा ४१ रन बनाए । 

ad
ad