१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १९:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

वेस्ट इन्डिजका रोड्रिक नेपालका बलिङ सल्लाहकार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १९:o४:oo

नेपाली राष्ट्रिय क्रिकेट टोलीको बलिङ सल्लाहकार प्रशिक्षकमा वेस्ट इन्डिजका रोड्रिक ओ. एस्टविक नियुक्त भएका छन्।

आइतबार नेपाल क्रिकेट संघ (क्यान)ले एस्टविकलाई बलिङ सल्लाहकार नियुक्त गरेको हो। क्यानले इमर्जिङ कप र आइसिसी एकदिवसीय विश्वकपको लागि उनलाई भित्र्याएको हो। 

एस्टविकले आठ वर्षभन्दा लामो समय वेस्ट इन्डिजको सियिनर टोलीसँग काम गरेका छन्। 
६२ वर्षीय एस्टविकले करियरमा ३७ पहिलो श्रेणी र ४२ लिस्ट ‘ए’ खेलेका छन्। प्रथम श्रेणीमा उनले १४१ विकेट लिनुका साथै ३७६ रन प्रहार गरेका छन्। यसैगरी, लिस्ट ‘ए’ मा ४३ विकेटका साथै १०० रन बनाएका छन्।

एस्टविकले नेपालको राष्ट्रिय टोलीसँग जोडिन पाउनु गर्वको विषय रहेको बताएका छन्। उनले नेपाली टोलीसँग काम गर्न उत्साहित रहेको जनाए। ‘नेपालको राष्ट्रिय टोलीमा काम गर्न पाउनु मेरा लागि गर्वको विषय हो,’ उनले भने, ‘मेरो ज्ञान नेपाली खेलाडीलाई बाँड्न आतुर छु। अहिले नेपाली क्रिकेट निकै राम्रो छ।’

ad
ad