१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार १o:१६:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

बेँसीसहरमा आठौँ लमजुङ महोत्सव

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १o:१६:oo

लमजुङको सदरमुकाम बेँसीसहरमा शुक्रबारदेखि आठौँ लमजुङ महोत्सव सुरु भएको छ । ‘स्थानीय उत्पादन, उद्योग, पर्यटन तथा पूर्वाधार : मौलिक कला संस्कृति समृद्ध लमजुङको आधार’ भन्ने नाराका साथ आठौँ लमजुङ महोत्सव आयोजना गरिएको हो । शुक्रबारदेखि सुरु भएको महोत्सव ३ वैशाखसम्म हुनेछ । 

महोत्सवले पर्यटकीय स्थालको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने, व्यावसायिक कृषि, पशुपालन र जडीबुटीको प्रवर्द्धन गरी आत्मनिर्भर बनाउने, अल्लो, अलैँची, चिया, कफीको प्रवर्द्धन गर्ने र होमस्टेको प्रवर्द्धनात्मक कार्य गर्ने संघले जनाएको छ । 

महोत्सवमार्फत साना तथा मझौला उद्योगको स्थापना गराई युवा जनशक्तिलाई विदेश जानबाट रोक्न, जिल्लामै उद्यमी बनाउन, आर्थिक विकासमा टेवा पुग्ने उद्देश्य लिइएको आयोजक लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष भरतकुमार श्रेष्ठले बताए । उनले भने, ‘मन्दीले सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउन महोत्सवले सहयोग पुग्नेछ।’

महोत्सवमा कृषि, पुष्प तथा जडीबुटी प्रदर्शनी, विभिन्न लोकसांस्कृतिक प्रदर्शनी, लोकदोहोरी गीत कार्यक्रम, फोटो तथा वृत्तचित्र प्रदर्शनी, परम्परागत खाना महोत्सव, लोकदोहोरी कार्यक्रम, बाल उद्यान, नाटक प्रदर्शनी, कार्यशाला गोष्ठी, ख्यातिप्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहनेछ । 

महोत्सवले होमस्टेलाई प्रवर्द्धन गर्ने, स्थानीय साथै प्रदेशस्तरका उद्योग, व्यापार, हस्तकलाको प्रवर्द्धन गर्ने, स्थानीय, परम्परागत सीप र प्रविधिको प्रवर्द्धन गर्ने, स्थानीय प्रतिभाको प्रस्फुटन गर्ने, स्थानीय मौलिक कला, संस्कृति, साहित्य, गीतसंगीतको जर्गेना गर्ने आयोजकले जनाएको छ ।

संघका महासचिव विपिन श्रेष्ठका अनुसार महोत्सवले समग्रमा जिल्लाको आर्थिक विकासमा टेवा पुग्नुका साथै यहाँको लोपोन्मुख कला–संस्कृतिको जगेर्ना गर्नेछ । महोत्सवमा बिक्री भएको टिकटबाट प्रतिटिकट पाँच रुपैयाँ सामाजिक सेवा कोषका लागि सहयोग गर्ने संघले जनाएको छ । 

सहजी खेलमैदान विकासका लागि एक रुपैयाँ, दैवीप्रकोप उद्धार कोषमा एक रुपैयाँ ५० पैसा, आदर्श महिला तथा बाल विकास केन्द्र, मानव सेवा आश्रम र ज्येष्ठ नागरिक आरोग्य आश्रमलाई ५०–५० पैसा र नेपाल पत्रकार महासंघ लमजुङको भवन निर्माणका लागि एक रुपैयाँ सहयोग गरिनेछ ।
 

ad
ad