१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार o९:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

रुग्ण उद्योग सञ्चालन गर्छौँ : मन्त्री भण्डारी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o९:o८:oo

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी वस्तुमा आधारित उत्पादन उपभोग गर्नुपर्नेमा जोड दिएका छन् । शनिबार राष्ट्रिय उद्यम विकास सहजकर्ता महासंघ नेपालको काठमाडौंमा आयोजित दोस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले स्वदेशी वस्तुमा आधारित उत्पादनलाई सरकारले प्राथमिकता दिएको बताउँदै नेपाली उत्पादन उपभोग गर्नुपर्ने बताए । स्वदेशी वस्तु उत्पादनमा सरकाले सहुलियत प्रदान गर्ने पनि उनको भनाइ छ ।

यस्तै, उनले विश्व बजारमा नेपाली उत्पादनको बजारीकरण गर्नुपर्ने पनि बताए । यसका लागि तीनै तहका सरकारको समन्वय जरुरी रहेको उनको भनाइ छ । मन्त्री भण्डारीले रुग्ण उद्योग सञ्चालनका लागि सरकार लागिपरेको पनि बताए । अन्यत्र देशबाट कच्चा पदार्थ ल्याएर बजारमा प्रतिस्पर्धा गर्न नसकिने उल्लेख गर्दै उनले स्वदेशी स्रोत–साधनमा आधारित उद्योग नै हाम्रा लागि उपयुक्त हुने बताए । 

ad
ad