१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
रासस बर्लिन
२o८१ बैशाख १८ मंगलबार १६:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

एआईले विश्वव्यापी साइबर अपराध बढाउने चिन्ता

Read Time : < 1 मिनेट
रासस, बर्लिन
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १६:१५:oo

विश्वको सबैभन्दा ठूलो पुनर्बिमा जर्मन कम्पनी ‘म्युनिख रे’ले प्रविधिको तीव्र विकास, विशेषगरी आर्टिफिसियल इन्टेलिजेन्सका कारण बढ्दो साइबर जोखिमबारे चिन्ता व्यक्त गरेको छ।

पुनर्बिमा कम्पनीले बिहीबार प्रकाशित गरेको आफ्नो प्रतिवेदनमा गत महिना ‘साइबर अपराधमा  वृद्धि भएको र यसमा रेन्समवेयर’ले भूमिका खेलेको उल्लेख गरेको छ। रेन्समवेयर यस्तो साइबर हमला हो जहाँ भाइरस भएको सफ्टवेयर इन्टरनेटको माध्यमबाट पठाइन्छ। गत वर्ष मात्रै अघिल्लो तीन वर्षको तुलनामा दोब्बर साइबर अपराध आक्रमण भएको थियो।

डाटा प्लेटफर्म स्टाटिस्टाले साइबर अपराधको वार्षिक विश्वव्यापी लागत ८.१५  ट्रिलियन अमेरिकी डलरबाट १३.८ ट्रिलियन अमेरिकी डलरमा बढ्न सक्ने अनुमान गरेको छ। साइबर अपराधीले एआईद्वारा सञ्चालित फिसिङ इ–मेलहरू र कलहरू पीडितहरूलाई धोका दिन प्रयोग गर्न सक्ने प्रविधि विशेषज्ञहरूको समूह ‘म्युनिख रे’ले चेतावनी दिएको छ।  
    
एआईद्वारा निर्माण गरेको ‘भ्वाइस इन्जिन’ले रेकर्ड गरेको श्रव्य सामग्रीको मात्र १५ सेकेन्ड प्रयोग गरेर कुनै पनि व्यक्तिको आवाज उत्पन्न गर्न सक्ने र त्यो धेरै जोखिमपूर्ण मानिएको उनीहरूले बताएका छन्।

विगत एक दशकमा साइबर जोखिम व्यवस्थापनको अत्यावश्यक अंगका रूपमा साइबर बिमा रहेको छ। विगत पाँच वर्षमा साइबर बिमा बजारको आकार झन्डै तीन गुणा बढेको र सन् २०२७ सम्ममा दोब्बर (करिब २९ अर्ब अमेरिकी डलर) पुग्ने अनुमान गरिएको छ।

साइबर युद्धबाट हुने क्षति निजी क्षेत्रले वहन गर्न नसक्ने म्युनिख रेका साइबर विशेषज्ञ जुर्गेन रेनहार्टको दाबी छ।

ad
ad