१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
तस्बिर : प्रधानमन्त्रीकाे सचिवालय ।
समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीबाट गोर्खा दरबारमा क्वार्ज क्रिस्टल प्रतिस्थापन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १३:३८:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखा दरबारमा पुरातात्विक महत्वको बहुमूल्य धातु ‘क्वार्ज क्रिस्टल’ प्रतिस्थापन गरेका छन्।

गोरखा नगरपालिकाले गोरखा दरबार परिसरमा आज आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सो धातु पृथ्वीनारायण शाहको गद्दी आसनछेउमा प्रतिस्थापन गरेका हुन्।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले ऐतिहासिक र बहुमूल्य धातु क्वार्जको प्रतिस्थापन भएसँगै जिल्लाको महत्व अझ बढ्ने विश्वास व्यक्त गरे। उनले जिल्लाको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उल्लेख गरे। 

गोरखा जिल्लाको जनप्रतिनिधिका हैसियतले यहाँको विकास निर्माणमा आफू निरन्तर लागिपर्ने विश्वास दिलाउँदै प्रधानमन्त्रीले गोरखकाली उद्योग, बुढीगण्डकी जलविद्युत् आयोजना एवं पार्क  निर्माणमा आफ्नो ध्यान जाने  बताए।

गोरखा जिल्लामा फेला पारिएको ५२.३३० केजीको उक्त धातु पुरातत्व विभागले बहुमूल्य भएको प्रमाणित गरेको थियो । 

 

ad
ad