१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
रासस काठमाडौं
२o८१ बैशाख १७ सोमबार १२:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

एक हजार तीन सय रुपैयाँले घट्यो सुनको मूल्य

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १२:o३:oo

स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला रु. एक हजार तीन सयले ओरालो लागेको छ। लगातार उकालो लागेको सुनको मूल्यमा शुक्रबार भने गिरावट देखिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु. एक लाख ३२ हजार सात सय निर्धारण भएको छ। बिहीबार छापावाला सुन प्रतितोला रु. एक लाख ३४ हजारमा कारोबार भएको थियो।

यस्तै, तेजाबी सुन पनि तोलामा रु. एक हजार तीन सयले ओरालो लागेको छ। बिहीबार प्रतितोला रु. एक लाख ३३ हजार तीन सय ५० मा कारोबार भएको तेजाबी सुन आजका लागि भने रु. एक लाख ३२ हजार ५० निर्धारण भएको हो।

यसैगरी, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। महासंघका अनुसार चाँदीको मूल्य आजका लागि प्रतितोला रु. एक हजार ६ सय १५ निर्धारण भएको छ।

बिहीबार चाँदी प्रतितोला रु. एक हजार ६ सय ५० मा कारोबार भएको थियो। यस आधारमा चाँदी तोलामा रु. ३५ ले घटेको छ।

ad
ad