१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार o६:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

कजरिया टाइल्सको पहिलो ‘एक्सपिरियन्स सेन्टर’ उद्घाटन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o६:५६:oo

भारतको लोकप्रिय टाइल कम्पनी कजरिया टाइल्स नेपाल भित्रिएको छ । काठमाडौंमा पहिलो ‘एक्सपिरियन्स सेन्टर’ उद्घाटन गरी कम्पनी नेपाली बजारमा भित्रिएको हो । 

यस सोरुमले आवासीय र व्यावसायिक स्थानका लागि डिजाइन, रङ र टाइलको विविधता प्रदान गर्ने कम्पनीले जनाएको छ । एउटै छानामुनि ग्राहकले आठ सिरिज  र २० भन्दा बढी ‘लाइभ मोक–अप’ बाथरुमको अवलोकन पनि गर्न सक्ने कम्पनीको भनाइ छ । 

कजरिया टाइल्सले अत्याधुनिक प्रविधि र दिगोपनप्रतिको प्रतिबद्धतासहित उद्योगमा नयाँ बेन्चमार्कका साथै सटीक, स्थायित्व र सुन्दर ठूला टाइल स्ल्याबहरू उत्पादन गर्दै आइरहेको छ । यसबाहेक, कम्पनीले उत्पादन प्रक्रियामा पर्यावरणमैत्री अभ्यासलाई प्राथमिकता दिएको जनाएको छ । 

यसैबीच, कजरिया रमेश टाइल्ससहितको संयुक्त कम्पनीले नेपालमा उच्च गुणस्तरको टाइल्स र सिरामिक उत्पादन उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । कम्पनीले नवलपरासीमा रहेको कारखाना जुन २०२४ को अन्त्यसम्ममा पूर्ण रूपमा सञ्चालन गर्ने बताइएको छ । 

यो रणनीतिक कदमले कजरिया रमेश टाइल्सले नेपालको टाइल र सिरामिक उद्योगलाई आकार दिन, देशको उन्नति र समृद्धिमा योगदान पु‍¥याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

ad
ad