१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार o६:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

एलजीको ‘नयाँ वर्षको सुखद सुरुवात, नगद र उपहारको साथ’ योजना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o६:५४:oo

इलेक्ट्रोनिक ब्रान्ड एलजीले नयाँ वर्ष २०८१ लाई लक्षित गर्दै ‘नयाँ वर्षको सुखद सुरुवात, नगद र उपहारको साथ’ योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत ग्राहकले एलजीका घरायसी सामान खरिद गर्दा नगद छुट र पक्का उपहारका साथै एक लाख रुपैयाँसम्मको दुर्घटना बिमा पाउनेछन् । साथै, प्रत्येक महिना लक्की ड्रमा एलजी ओलेड टिभी जित्न सक्ने कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार ग्राहकले एलजी ओलेड टिभी, एलजी क्युनेड, एलजी युचडी टिभी, साउन्ड बार, होम अडियो, रेफ्रिजेरेटर र भ्याकुम खरिद गर्दा ४० प्रतिशत क्यासब्याक प्राप्त गर्न सक्नेछन् । 

त्यसैगरी, नयाँ वर्ष उपहार योजनाअन्तर्गत एलजीका विभिन्न घरायसी सामान किन्दा ग्राहकले, माइक्रोवेभ, मिक्सर, भ्याकुम फ्लास्क, इन्डक्सन कुकर, डिटर्जेन्ट पाउडर, डिसवासर किट, एयर ह्युमिडिफायर आदि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । साथै, प्रत्येक महिना लक्की ड्रमार्फत दुईवटा एलजी ओलेड टिभी जित्न सक्नेछन् । 

एलजीका टिभी किन्दा एक लाख रुपैयाँसम्मको दुर्घटना बिमासमेत ग्राहकले पाउनेछन् भने शून्य प्रतिशतमा इएमआई, कुनै पनि ब्रान्डको पुरानो सामानसँग एलजीको सामान एक्स्चेन्ज गर्न सकिने बताइएको छ । यो योजना २१ चैतदेखि सीमित अवधिका लागि देशभर लागू भइसकेको कम्पनीले जनाएको छ ।
 

ad
ad