१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार o६:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

जापानी लगानीकर्तालाई नेपालमा लगानी बढाउन आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o६:३५:oo

जापान र नेपालका व्यवसायीले जापानको श्रम बजारमा बढ्दो नेपाली जनशक्ति माग र त्यसको आपूर्ति तथा जापान जाने नेपालीलाई सीपमूलक तालिमका विषयमा छलफल गरेका छन् ।

एरु एकेडेमी ओसाका र क्योउदाई रेमिट्यान्स तथा आइएमईको संयुक्त आयोजनामा भएको दोस्रो जापान–नेपाल शैक्षिक तथा औद्योगिक व्यापार अन्तक्र्रियामा जापानमा उपलब्ध अवसरलाई उपयोग गर्ने विषयमा छलफल भएको हो । दुई चरणमा गरिएको कार्यक्रमको पहिलो चरणमा जापान–नेपाल सम्बन्ध, जापानको श्रम बजारमा बढ्दो नेपाली कामदारको माग र त्यसको आपूर्तिबारे छलफल भएको थियो । 

दोस्रो सत्रमा नेपालबाट अनलाइनमार्फत सहभागी कम्पनीलाई जापानमा विविध क्षेत्रमा नेपाली जनशक्ति भित्र्याउन चाहने कम्पनीसँगै व्यावसायिक रूपमा जोड्न सहयोग गर्ने विषयमा केन्द्रित थियो । कार्यक्रममा जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले नेपाल र जापानको व्यापार–व्यवसाय प्रवद्र्धनमा र जापानी लगानीकर्तालाई नेपालमा लगानीका लागि सक्दो सहयोग गर्न सदैव तत्पर रहेको बताए ।

त्यस्तै, आइएमई ग्रुप संस्थापक तथा प्रबन्ध निर्देशक हेमराज ढकालले जापानले नेपालबाट भाषा विद्यार्थी सामान्य कामदार मात्रै नभएर सूचना प्रविधिलगायत क्षेत्रमा दक्ष जनशक्ति लिन सक्ने भएकाले त्यसतर्फ प्रयास गर्नुपर्ने बताए ।

ad
ad