१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार o८:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

भ्रष्टाचार आरोपमा रुबियालेस पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o८:३५:oo

रोयल स्पेनिस फुटबल महासंघमा भ्रष्टाचार गरेको आरोपमा प्रहरीले पूर्वप्रमुख लुइस रुबियालेसलाई मंगलबार राति म्याड्रिडको बराजास विमानस्थलबाटै पक्राउ गर्‍यो 

रोयल स्पेनिस फुटबल महासंघमा भ्रष्टाचार गरेको आरोपमा पूर्वप्रमुख लुइस रुबियालेस पक्राउ परेका छन् । म्याड्रिडको बराजास अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई पक्राउ गरिएको स्पेनिस प्रहरीले जनाएको छ । उनलाई प्रहरीले विमानबाट ओर्लिएलगत्तै पक्राउ गरी सोधपुछ गरिएको थियो । उनीमाथि भ्रष्टाचार र अन्य अपराधमा दुई सातादेखि अनुसन्धान भइरहेको छ । महासंघको म्याड्रिड मुख्यालय र दक्षिणी सहर ग्रानाडास्थित उनको घरसहित प्रहरीले ११ स्थानमा छापा मारेको छ । 

स्पेनिस पत्रिका मार्काले सन् २०१८ देखि हस्ताक्षरित आरएफइएफ सम्झौताबारे अनुसन्धान गरेको जनाएको छ । जसमा रुबियालेसले स्पेनिस सुपर कपलाई साउदी अरबमा लैजानका लागि हस्ताक्षर गरेको आरोप लागेको छ । बार्सिलोना र स्पेनका पूर्वडिफेन्डर जेरार्ड पिकेको स्वामित्वमा रहेको कम्पनी कोस्मोसको मध्यस्थतामा सुपर कपको सम्झौता वार्षिक ४० मिलियन युरो (४३.३ मिलियन डलर)मा भएको छ । गार्डिया सिभिल प्रहरीले रुबियालेस बसेको परिसरमा खानतलासी गरेको थियो । अनुसन्धानका क्रममा उनको एक ल्यापटप र एक मोबाइल फोन जफत गरिएको छ । 

२० मार्चमा छापा मारेको एक दिनपछि आरएफइएफले यसका कानुनी निर्देशक पेड्रो गोन्जालेज सेगुरा, मानव संसाधन प्रमुख जोस जेभियर जिमेनेजलाई बर्खास्त गरेको थियो । महासंघका बाह्य कानुनी सल्लाहकार टोमस गोन्जालेज क्युटोको कानुनी फर्म जिसी लिगलसँगको सम्झौता रद्द गरेको छ । प्रहरीले तीनैजनालाई मंगलबार नै पक्राउ गरेको थियो ।

 

ad
ad