१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o८:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
अन्तर्वार्ता प्रिन्ट संस्करण

नेपाल सरकारका पूर्वस्वास्थ्यसचिव रामप्रसाद थपलियालाई तीन प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:o३:oo

जनशक्ति अभावमा वीर अस्पतालका बेड बन्द हुनुलाई के भन्नुहुन्छ ?
यो चिन्ताको विषय हो । स्वास्थ्य क्षेत्रका समस्या समाधान जटिल विषय बनेको छ । खासगरी संघीयताले गर्दा देशभर जम्मा १७ अस्पताल केन्द्रले हेर्ने, जिल्ला र अन्य केही अस्पताल प्रदेशले हेर्ने र स्वास्थ्य केन्द्रहरू स्थानीय तहले हेर्ने व्यवस्था छ । यो विभाजन सेवाग्राहीको सुविधाका लागि भन्दा पनि शासकीय सुविधाका लागि गरिएको जस्तो देखिन्छ । जनशक्ति अभावभन्दा पनि  भएकै जनशक्ति परिचालनमा समस्या भएकाले सेवा प्रवाहमा समस्या आएको हुन सक्छ ।

स्वास्थ्य सेवामा जनशक्तिको अभावचाहिँ किन हुन्छ ?
हामीकहाँ स्वास्थ्य सेवामा जनसंख्याको तुलनामा दरबन्दी निकै कम नै छ । तैपनि, हाम्रा ठूला अस्पतालमा मेडिकल पढ्ने विद्यार्थीहरूले सेवा पु¥याउँदै आएका छन् । इन्टर्न गर्नेहरू पनि धेरै नै हुन्छन् । तिनलाई मात्र राम्ररी परिचालित गर्न सकेमा पनि जनशक्ति अभाव हुँदैन । वीर अस्पतालकै सन्दर्भमा भन्ने हो भने त्यहाँ अस्पताल विकास समिति, नेपाल सरकार र न्याम्सका अलगअलग कर्मचारी छन् । तिनलाई सही ढंगले परिचालन गर्न सक्नुपर्छ । विकास समितिका कर्मचारीलाई अन्तरअस्पताल सरु गर्न सक्नुपर्छ । म सचिव हुँदा यसका लागि कार्यविधि बनाएर प्रयास गरेको थिएँ । तर, बीचमै सरुवा भएकाले त्यो त्यत्तिकै रोकियो ।

सरकारी अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गर्न सकिन्न ?
किन नसक्नु, अवश्यै सकिन्छ र सक्नु पनि पर्छ । कर्मचारी अभावमा सेवा नै बन्द हुने अवस्था आउनु हुँदैन । दरबन्दीमा पुनरावलोकन जरुरी छ । तर, भएकै कर्मचारीबाट अधिकतम सेवा लिन अस्पताल प्रशासनसँगै स्वास्थ्य मन्त्रालय प्रशासन पनि चुस्त हुनुपर्छ । मन्त्रालयले नियमित अनुगमन गर्नुपर्छ । 

ad
ad