१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार २१:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

भक्तपुरमा सांस्कृतिक पर्यटन महोत्सव सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार २१:३८:oo

आज बिहीबारदेखि आठौँ भक्तपुर औद्योगिक सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सव सुरु भएको छ। 
महोत्सवको चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्रीले एक समारोहबीच उद्घाटन गरेका छन्। 

औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्यान्डले आयोजना गरेको महोत्सव सल्लाघारीस्थित तीनकुने चौरमा ११ दिनसम्म सञ्चालन हुनेछ। 

नयाँ वर्ष र बिस्काः जात्राको अवसर पारेर विगतका वर्षदेखि नै यस्तो महोत्सव आयोजना हुने गरेको औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दीप महतले जानकारी दिएका छन्। 

वैशाख २ गतेसम्म महोत्सव आयोजना हुने र ३ गते नेपाली भाषी भारतीय गायक विपुल क्षेत्रीको विशेष सांगीतिक कार्यक्रम हुने महतले बताए।

‘कृषि, पर्यटन, दैनिक जीवनका उपभोग्य सामग्री, लत्ताकपडा, जुत्ता, हस्तकलाका सामग्रीलगायतको करिब दुई सय स्टल रहनेछ,’ मेला आयोजक समितिका संयोजक दीपक थापाले भने। 

कपडा, भान्सामा प्रयोग गरिने सामग्री, स्थानीय उत्पादन, खानाका परिकारसहितका स्टल रहेको छ। महोत्सवको आकर्षणमा बालबालिकाको मनोरञ्जनका लागि रोटेपिङ, ब्रेकडान्सलगायत विभिन्न खेलहरू खेल्ने सकिनेछ। 

त्यसै क्रममा दैनिक राष्ट्रियस्तरका कलाकारको उपस्थितमा विभिन्न सांस्कृतिक कार्यक्रमसमेत हुने आयोजकले जानकारी दिएको छ। 

ज्येष्ठ नागरिकलाई प्रवेश शुल्क नलाग्ने महोत्सवमा विद्यार्थीलाई ५० र सर्वसाधारणलाई भने ७० को टिकट लाग्ने संयोजक थापाले बताए। करिब ५ लाखले महोत्सवको अवलोकन गर्ने आयोजकले अपेक्षा लिएको छ।

ad
ad