१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार १५:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रिय सभा उपाध्यक्षमा एमालेबाट विमला घिमिरे उम्मेदवार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १५:४o:oo

नेकपा एमालेले सांसद विमला घिमिरेलाई राष्ट्रिय सभाको उपाध्यक्षको उम्मेदवार बनाउने भएको छ।

सत्तारूढ पाँच दलको शीर्ष तहमा भएको सहमतिअनुसार पार्टीले घिमिरेलाई उम्मेदवार बनाउने एमाले राष्ट्रिय सभा संसदीय दलका नेता देवेन्द्र दाहालले बताए।

एमाले केन्द्रीय कमिटी सदस्यसमेत रहेकी घिमिरे कपिलवस्तुबाट प्रतिनिधित्व गर्छिन्। उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएपछि रिक्त उपाध्यक्षका लागि २८ चैतमा निर्वाचन हुँदै छ।

यद्यपि, उपाध्यक्षमा नेकपा एसले पनि दाबी गरिरहेको छ। उपाध्यक्षको उम्मेदवारबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी ओलीले पछिल्लोपटक अलग्गै पनि छलफल गरेका थिए।

‘पहिले हामीले नै पाउने सहमति हो, तर पछि नेकपा एस पनि सरकारमा सामेल भएपछि उहाँहरूले पनि दाबी गरेका कारण यसमा पछि नै छलफल गरौँला भन्ने भएको रहेछ,’ दाहालले भने, ‘तर, पछिल्लो छलफलमा शीर्ष तहमा हामीले नै उपाध्यक्ष लिने सहमति भएकाले उम्मेदवारी दिने तयारी गरेका छौँ।’

ad
ad