१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार o७:४५:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

मायांक बने आइपिएलकै चौथो तीव्र गतिका बलर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o७:४५:oo

लखनउ सुपर जायन्ट्सका मायांक यादव इन्डियन प्रिमियर लिग (आइपिएल)का चौथो तीव्र गतिका बलर बनेका छन् । १७औँ आइपिएलअन्तर्गत मंगलबार राति मयांकले रोयल्स च्यालेन्जर्स बेंग्लोरविरुद्ध १५६.७ प्रतिघन्टाको स्पिडमा बलिङ गरेका थिए । चालू सिजनमा १६औँ खेलसम्म मायांक नै अहिलेसम्मकै तीव्र गतिका बलर बनेका छन् । मायांकले आफ्नो डेब्युमा पन्जावविरुद्ध १५५.८ किमि प्रतिघन्टाको गतिमा बलिङ गरे । उनले आफ्नै रेकर्ड मंगलबार तोडेका हुन् । प्रतिस्पर्धामा लखनउले बेंग्लोरलाई २८ रनले हराएको थियो । 

लखनउले पहिलो ब्याटिङ गरी २० ओभरमा ५ विकेटको क्षतिमा १८१ रन बनाएको थियो । प्रत्युत्तरमा बेंग्लोरले १९.४ ओभरमा सबै विकेट गुमाउँदै १५३ रन जोड्यो । बेंग्लोरले चार खेलमा तीन हार र एक जित निकालेको छ । लगातार दोस्रोपटक म्यान अफ दी म्याच हुने क्रममा उनले १४ रन खर्चेर बेंग्लोरका तीन ब्याट्सम्यानलाई आउट पारे । 

आइपिएल इतिहासमा सर्वाधिक तीव्र गतिका बलर अस्ट्रेलियका साउन टेन्ट हुन् । उनले २०११ को सिजनमा १५७.७ प्रतिघन्टाको स्पिडमा बलिङ गरेका थिए । यसैगरी भारतका उमरान मलिकले २०२२ मा १५७ किमि प्रतिघन्टाको स्पिडमा बलिङ गरेका थिए । यसैगरी, लकी फर्गुसनले २०२२ मा १५७ प्रतिघन्टाको स्पिडमा बलिङ गरे । 

विदेशी खेलाडीमा म्याक्सवेल धेरैपटक शून्यमा आउट
बेंग्लोरका महत्वपूर्ण खेलाडी ग्लेन म्याक्सवेल खराब फर्ममा गुज्रिरहेका छन् । चालू आइपिएलमा उनले लखनउविरुद्ध एउटा खराब रेकर्ड राखेका छन् । आइपिएलमा सहभागी विदेशीमध्ये उनी धेरैपटक शून्यमा आउट भए । मायांकको ओभरमा उनी पेभेलियन फर्केका थिए । उनी १६औँपटक शून्यमा आउट भएका हुन् । कोलकाताका सुनील नारिन दोस्रो स्थानमा झरेका छन् । सुनील १५ पटक डकआउट भएका छन् । आइपिएल इतिहासमा भारतका दुई खेलाडी सर्वाधिक समान १७ पटक शून्यमा पेभेलियन फर्केका छन् । 

बेंग्लोरको मैदानमा कोहलीको सय खेल
लखनउविरुद्धका खराब ब्याटिङ गरेका बेंग्लोरका विराट कोहलीले घरेलु मैदानमा टी–२० को सय खेल पूरा गरेका छन् । बेंग्लोरको मैदानमा सय टी–२० खेल्ने उनी पहिलो भारतीय खेलाडी हुन् । उनले एम चिन्नास्वामी रंगशालामा चार शतकीय इनिङ्सको मद्दतमा तीन हजार दुई सय ९८ रन जोडेका छन् । यसैगरी लखनउका निकोलास पुरनले आइपिएलमा सय छक्का पूरा गरेका छन् । उनले बेंग्लोरविरुद्ध पाँच छक्का लगाएका थिए । उनले २१ बलमा ४० रनको योगदान दिए । उनले आइपिएल करिअरमा अहिलेसम्म ८ सय ८४ बलको सामना गरेका छन् । वेस्ट इन्डिजका एन्ड्रे रसेलले ६ सय ५८ बलमा सय छक्का प्रहार गरेका छन् । वेस्ट इन्डिजकै क्रिस गेलले आइपिएलमा ९ सय ४४ बलमा सय छक्का प्रहार गरेका थिए । 

ad
ad