मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o चैत २० मंगलबार
  • Tuesday, 18 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o चैत २० मंगलबार २१:४५:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

भारतमा नेपाल लगातार दोस्रो खेलमा विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o चैत २० मंगलबार २१:४५:oo

भारतको गुजरातमा जारी मैत्रीपूर्ण टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा पनि नेपाल विजयी भएको छ। नेपालले आज भएको खेलमा भारतको बरोडालाई २७ रनले पराजित गरेको हो।  

गुजरातको बापीस्थित साई मेघपन स्पोर्टस् लाइफ मैदानमा बरोडाले टस जितेर पहिला फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरेको थियो। नेपालले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै एक सय ५६ रन बनायो। 

एक सय ५७ रनको विजयी लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको बरोडाले निर्धारित २० ओभरमा अलआउट हुँदै एक सय २९ रन मात्र बनाउन सक्यो। यसअघि पहिलो खेलमा नेपालले भारतको गुजरातलाई आठ विकेटले हराएको थियो। 

बरोडासँगको खेलमा ब्याटिङ गर्ने क्रममा नेपालका लागि कुशल मल्लले अविजित ४० रन बनाए। उनले २५ बलमा तीन चौका र दुई छक्का प्रहार गरे। त्यस्तै, सन्दीप जोराले २९, कप्तान रोहितकुमार पौडेलले १८ र गुल्सनकुमार झाले १३ रन बनाए। 
 
बलिङतर्फ बरोडाका बाबा खानले दुई तथा परिक्षीत पाटीदार र मोहित मोंगियाले एक एक विकेट लिए। यसैगरी, बरोडाका लागि एक सय २९ रन बनाउने क्रममा भानु पानियाले ३६, बाबा खानले २७ तथा कप्तान विष्णु सोलंकीले २५ रन बनाए। 

बलिङतर्फ नेपालका करन केसीले तीन, सोमपाल कामी र अभिनाश बोहराले दुई–दुई तथा गुल्सनकुमार झा र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए। नेपालले बुधबार दिउँसो २ः४५ बजे भारतको गुजरातसँग आफ्नो तेस्रो खेल खेल्नेछ।