१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
सौरभ यादव सप्तरी
२o८१ बैशाख १८ मंगलबार १४:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

मधेशका आठवटै पूर्वाधार कार्यालयमा ‘पेनडाउन’

Read Time : < 1 मिनेट
सौरभ यादव, सप्तरी
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १४:३६:oo

मधेश प्रदेशअन्तर्गत आठ जिल्लाका भौतिक पूर्वाधार कार्यालयमा पेनडाउन गरिएको छ। पूर्वाधार विकास कार्यालय राजविराजका कार्यालय प्रमुखउपर भएको हातपातपछि त्यस कार्यालयका कर्मचारी आन्दोलनमा उत्रेका छन्।

दोषीउपर कारबाहीको माग गर्दै उनीहरूले कार्यालयको सम्पूर्ण कामकाज बन्द गरेका छन् ‘मधेश प्रदेशका आठवटै जिल्लामा पेनडाउन भएको छ,’ पूर्वाधार कार्यालय सप्तरीका प्रमुख प्रविणले भने, ‘आज मन्त्रालयमा छलफल छ, त्यसपछि सशक्त आन्दोलनमा उत्रिनेछौँ।’

सोमबार पूर्वाधार कार्यालय सतरीका कर्मचारीले दोषीउपर कारबाही र उक्त घटनापश्चात् त्यहाँ काम गर्ने कर्मचारीको सुरक्षाको प्रत्याभूति नभएकाले सुरक्षित वातावरण बनाइदिन सम्बन्धित निकायसँग माग गर्दै पेनडाउन गरेका थिए।

दोषीउपर कारबाही नभएसम्म आन्दोलन जारी राख्ने उनीहरूको भनाइ छ। मधेश प्रदेशका निवर्तमान शिक्षामन्त्री तथा जनमत पार्टीका नेता महेशप्रसाद यादवले आइतबार पूर्वाधार विकास कार्यालय राजविराजका प्रमुख प्रवीणप्रताप अधिकारीसँग दुर्व्यवहार गरेका थिए।

दुईवटा योजनाको चिठी आफूले पठाएको व्यक्तिलाई नदिएको भन्दै निवर्तमान मन्त्री यादवले आफूलाई हातपात नै गरेको कार्यालयका प्रमुख अधिकारीले बताएका थिए।

त्यसअघि मधेश प्रदेशका सांसद सकिल मियाँले पनि कार्यालयमा पटक–पटक टेबुल ठोक्ने तथा गालीगलौज गर्ने काम गरेको विज्ञप्तिमा उल्लेख छ।

निवर्तमान मन्त्री यादवले हातपातको कुरा अस्वीकार गरेका थिए। उनले प्रदेश सरकारको योजनाको चिठी दलालमार्फत बिक्री–वितरण गर्न थालेपछि आफू आवेशमा आएको बताए। उनले हातपात नगरेको, हल्का ठेलेको मात्रै बताएका थिए।

ad
ad