१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार १३:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बागमतीमा एमालेबाट चार मन्त्री थप्दै मुख्यमन्त्री जम्कट्टेल, आजै शपथकाे तयारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १३:२९:oo

सोमबार विश्वासको मत लिएका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले अर्को सत्तासाझेदार दल एमालेबाट चारजनालाई आजै मन्त्री नियुक्त गर्ने तयारी गरेका छन्। 

यसअघि मंगलबार बिहानै मात्रै अर्को एउटा सत्तासाझेदार दल एकीकृत समाजवादीकी रमा आलेमगरले विना विभागीयमन्त्रीका रूपमा शपथ लिएकी थिइन्।

एमालेबाट तीनजना पुरानै अनुहार दोहोरिने सम्भावना रहेको बुझिएको छ भने एकजना नयाँ अनुहार मन्त्री बन्ने सम्भावना छ। यसअघि १७ चैतमा एमालेका तर्फबाट बामगमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बनिसकेका छन्।

एमालेबाट मन्त्री बन्ने लाइनमा रहेका पुराना अनुहारहरूमा केशव पोखरेल, एकालाल श्रेष्ठ र रामेश्वर श्रेष्ठ रहेका छन्। उनीहरू गत वर्ष २५ पुसमा बनेको एमाले, माओवादी केन्द्र र राप्रपा गठबन्धनको सरकारमा समेत मन्त्री बनेका थिए। केन्द्रमा सत्ता परिवर्तन भएपछि दुई महिने सरकार चलाएकाे एमाले १० चैत ०७९ मा सरकारबाट बाहिरिएको थियो।

यस्तै, एमालेका तर्फबाट मन्त्री बन्ने नयाँ अनुहारमा प्रकाश श्रेष्ठको नाम चर्चामा छ। उनले मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकारलाई जोगाउन हाम्रो नेपाली पार्टीका सांसद शैलेन्द्र बज्राचार्यलाई सरकारमा सहभागी गराउन महत्वपूर्ण भूमिका खेलेको भन्दै मन्त्री बनाउन लागिएको भन्ने एमाले वृत्तमै चर्चाको विषय बनेको छ।

मुख्यमन्त्री जम्कट्टेलले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयमा केशव पोख्रेल, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयमा एकालाल श्रेष्ठ र स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठलाई मन्त्री नियुक्त गर्ने तयारी गरेको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ।

कांग्रेसले छोडेका ६ वटा मन्त्रालयमध्ये एमालेले पाँचवटा मन्त्रालयको नेतृत्व लिन लागेको हो। कांग्रेसले छोडेको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयमा १५ चैतमा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य  नियुक्त भइसकेका छन्।

ad
ad