१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १३:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

धरानका मेयर साम्पाङले काठमाडौंमा गरे एकल प्रदर्शन

०८४ को निर्वाचनअघि मुलुकमा प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्न माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १३:o८:oo

धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले ०८४ को निर्वाचनअघि संविधानमा प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन्।

पछिल्ला केही दिनदेखि काठमाडौंमा रहेका साम्पाङले आज ‘८४ अघि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर’ भन्ने पोस्टरसहित उभिएर प्रदर्शन गरेका हुन्।

यो मुद्दामा सबै जनता उभिन आवश्यक भइसकेको भन्दै उनले अहिलेको संसद्ले ०८४ को निर्वाचनअघि यो मुद्दा संविधानमा व्यवस्था गरोस् भन्ने माग गरे । 

उनले भिडियो सन्देशसमेत जारी गरेका छन्। सन्देशमा उनले प्रत्येक मंगलबार आफूले ‘जनमत बार’को रूपमा मनाउने गरेको र धरानमा हुँदा यसैगरी प्रदर्शन गर्ने गरेको भन्दै अहिले काठमाडौं आएका वेला पनि यसलाई निरन्तरता दिएको बताएका छन् । 

‘मित्रहरू, आज पनि जनमत बार। आज म काठमाडौंमा छु। सधैँ धरानमा गरिन्थ्यो । आज काठमाडौंमा पनि यसलाई निरन्तरता दिएको छु,’ उनले भनेका छन्, ‘देशमा जनताले प्रत्यक्ष कार्यकारी प्रमुख चुन्न पाउने व्यवस्था लागू गर्नुपर्छ भनेर मैले प्रदर्शन गरेर उभिएको हुँ। अब यो देशका सबै नागरिक यसरी उभिनुपर्ने अवस्था आएको छ।’ 

ad
ad