१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १७ सोमबार o९:o९:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

रेशमले डाके प्रथम महाधिवेशनबाट निर्वाचित समितिकोे बैठक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o९:o९:oo

यही २३ र २४ चैतमा बोलाइएको बैठकमा पहिलो महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई सक्कल नागरिकता र मतदाता परिचयपत्रसहित अनिवार्य उपस्थित हुन आह्वान

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी पक्षले महाधिवेशनको कार्यसमितिको बैठक बोलाएको छ । पार्टीको महत्वपूर्ण निर्णय गर्नुपर्ने भन्दै यही २३ र २४ चैतमा बोलाइएको बैठकमा पहिलो महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई अनिवार्य उपस्थित हुन भनिएको छ ।

महाविधेशनबाट महासचिवमा निर्वाचित प्रतिनिधिसभा सदस्य गंगा चौधरीले पार्टीको महत्वपूर्ण विषयमा छलफल गर्नुपर्ने भएकाले सक्कल नागरिकता र मतदाता परिचयपत्रसहित उपस्थित हुन भनेका छन् ।

महासचिव गंगाराम चौधरीले बैठकमा संस्थापक र प्रथम महाधिवेशनबाट निर्वाचित कार्यसमिति उपस्थिति हुने र सोही बैठकले सरकारमा सहभागी हुने वा प्रतिपक्षमा बस्ने भन्नेमा निर्णय गर्ने बताए । उनले निर्वाचन आयोगको निर्णय प्रतिपनि असन्तुष्टि जनाए ।

‘हामीले प्रमुख निर्वाचन आयुक्तलाई भेट्दा अध्यक्षबारे निर्णय लिन ५–६ महिना लाग्छ भन्नुभएको थियो । तर, हामीले सरकारमा नजाने निर्णय गर्नेबित्तिक्कै आयोगको निर्णय आएको हो,’ चौधरीले भने, ‘आयोगको निर्णय फरक पाटो हो । हामी अहिलेको अवस्थामा रञ्जिता र रेशम दुवैको हस्ताक्षर चल्ने गरी अगाडि बढौँ भन्ने पक्षमा छौँ । तर, उहाँहरूले मान्नुभएको छैन ।’

रेशमले भने सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी केन्द्रीय समिति बैठकले ‘गलत गर्ने सबैलाई छानीछानी कारबाही गरेर पार्टी शुद्धीकरण’ गरिने बताए । ‘पार्टीमा बाहिरबाट हस्तक्षेप भएर त यस्तो भएको छ । अहिलेको वर्तमान सरकारले चलाइरहेको छ र त यस्तो भइरहेको छ नि । जुन जगजाहेर नै कुरा छ । पार्टी नागरिक उन्मुक्ति पार्टी हो । अर्काको निर्णयमा हामी किन चल्ने ?’ उनले प्रश्न गरे ।

विवाद हात हालाहालसम्म

केन्द्र र प्रदेश सरकारमा सहभागितालाई लिएर नागरिक उन्मुक्ति पार्टीभित्र विवाद हात हालाहालसम्म पुगेको छ । सोमबार अनामनगरस्थित पार्टी कार्यालयमा डाकिएको संस्थापक केन्द्रीय सदस्यको बैठकमा अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशमलाल चौधरी पक्षबीच हात हालाहाल भएको हो ।

ad
ad