१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १७ सोमबार २२:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

युएसएआइडी र नेपाल पर्यटन बोर्डद्वारा सन् २०२४ को अन्तर्राष्ट्रिय पर्यटन अभियानको शुभारम्भ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार २२:१७:oo

युएसएआइडी र नेपाल पर्यटन बोर्डको सहकार्यमा र स्टेलर नामक यात्राबाट प्रेरित कथ्य साझा गर्ने प्रसिद्ध विश्वव्यापी मञ्चसँगको साझेदारीमा सन् २०२४ को अन्तर्राष्ट्रिय पर्यटन अभियानको आज शुभारम्भ भएको छ। 

यस अभियानले नेपालको समृद्ध इतिहास, सांस्कृतिक विविधता र प्रचुर मात्रामा पर्यटनका अवसरहरूलाई विश्वव्यापी दर्शकमाझ प्रस्तुत गर्ने लक्ष्य लिएको छ।  

सन् २०२३ को अभियानले एक करोड ६३ लाखभन्दा बढी यात्रुसम्म पुगी एक करोड ५८ लाख अमेरिकी डलरबराबरको मिडिया मूल्य आर्जन गरेको थियो। उक्त सफलताका जगमा यस वर्षको अभियानले थप कार्य गर्नेछ।

अभियानको दोस्रो चरण, अर्थात् सन् २०२४ को अभियानमा स्टेलरका अन्तर्राष्ट्रिय डिजिटल सामग्री सर्जकहरू सहभागी हुनेछन्। उनीहरूले काठमाडौं, पोखरा, बर्दिया र इलामजस्ता मुख्य गन्तव्यमा घुम्ने क्रममा मनमोहक भिडियो र फोटोहरूमार्फत नेपालको सौन्दर्यलाई कैद गर्नेछन् 

दुई करोडभन्दा बढी दर्शकसम्म पुग्ने अपेक्षा गरिएको यस अभियानको उद्देश्य पर्यटक आगमनलाई प्रोत्साहित गर्नु र नेपाललाई एक प्रमुख पर्यटन गन्तव्यका रूपमा स्थान दिनु रहेको छ।

शुभारम्भ कार्यक्रममा अमेरिकी राजदूत डिन थम्पसनले नेपालको विविध भू–बनोट, समृद्ध जैविक विविधता र जीवन्त संस्कृतिका कारण उच्चस्तरीय पर्यटकीय गन्तव्यका रूपमा यस मुलुकको अथाह सम्भावना रहेको कुरामाथि जोड दिए। 

राजदूत थम्पसनले नेपालको पर्यटन क्षेत्रका लागि युएसएआइडीको अटुट सहयोग रहेको उल्लेख गर्दै समावेशी, दिगो आर्थिक वृद्धिलाई अगाडि बढाउन पर्यटनको महत्त्वपूर्ण भूमिका रहने बताए।

यसै सिलसिलामा नेपाल पर्यटन बोर्डका कामु प्रमुख कार्यकारी अधिकृत नन्दिनी लाहे थापाले सन् २०२३ मा १० लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएको र नेपालले पर्यटन क्षेत्रमा उल्लेखनीय प्रगति गरेको बताइन्। 

वर्षभरि नेपालको पर्यटन प्रवर्द्धन गर्दै र नेपाललाई विश्वयात्रीको रोजाइको गन्तव्यका रूपमा स्थापित गर्दै यो अभियान वृद्धितर्फको यस यात्राको दिगोपनलाई कायम राख्न तयारी अवस्थामा रहेको उनको भनाइ थियो।

ad
ad