१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १७ सोमबार २१:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

राष्ट्रिय बागवानी प्रदर्शनी सकियो, एक करोडभन्दा बढीको कारोबार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार २१:३१:oo

नर्सरी व्यवसायी संघले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय बागवानी प्रदर्शनी मेलामा एक करोडभन्दा बढी आर्थिक कारोबार भएको छ। १६ चैतबाट सुरु भएको एक्स-पो सोमबार सकिएको छ।

काठमाडौंस्थित भृकुटीमण्डप प्रदर्शनी हलमा गरिएको चारदिने एक्स-पोमा झन्डै ५० हजार अवलोकनकर्ताले भ्रमण गरेको संघका अध्यक्ष रामजीप्रसाद तिमिल्सेनाले जानकारी दिए। 

‘एक्स-पोमा रहेको उत्साहजनक सहभागिताले नर्सरी व्यवसायीलाई प्रोत्साहन गरेको छ,’ अध्यक्ष तिमिल्सेनाले भने, ‘नर्सरी व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यले गरेको पहिलो मेला सफल भयो।’ 

देशैभरिका नर्सरी व्यवसायीको हितको लागि संगठन विस्तार गरेर निरन्तर यस्ता खालको एक्स-पो गरिरहने संघको योजना रहेको अध्यक्ष तिमिल्सेनाले बताए। फलफूल बिरुवा पारखी र उपभोक्ताले नर्सरी व्यवसायीहरूसँग सजिलैै जोडिने अवसर मिल्ने हुनाले मेला प्रभावकारी भएको मेला संयोजक तथा संघका वरिष्ठ उपाध्यक्ष रामजी कुँवरले बताए। 

एक्स-पोमा पुष्प नर्सरी, फलफूल नर्सरी, कृषि वन नर्सरी र जडीबुटी नर्सरी गरी चार विधाका सात सयभन्दा बढी प्रजातिका बोटबिरुवा प्रदर्शनी तथा बिक्री-वितरणको लागि राखिएको थियो। 

ad
ad