१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार १५:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मध्यपश्चिम विश्वविद्यालयले वृत्ति विकासमा ध्यान नदिएको भन्दै प्राध्यापकद्वारा आन्दोलनको चेतावनी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १५:o१:oo

मध्यपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्त विभिन्न जिल्लाका क्याम्पसमा कार्यरत प्राध्यापकले आफूहरूको वृत्ति विकासमा विश्वविद्यालयले ध्यान नदिएको भन्दै आन्दोलनको चेतावनी दिएका छन्। रारा क्याम्पस प्राध्यापक संघ मुगुका सभापति हिरा बोहराद्वारा जारी प्रेस विज्ञप्तिमार्फत आन्दोलन गर्ने चेतावनी दिएका हुन्।

क्याम्पसमा कार्यरत आंशिक तथा करार प्राध्यापकहरूको वृत्ति विकासका लागि आन्तरिक प्रतिस्पर्धा गराई स्थायी गरिने र दुर्गम, पिछडिएका जिल्लाहरूमा कार्यरत प्राध्यापकहरूलाई राज्यले दिएको दुर्गम भत्ता दिने प्रावधान भए पनि लामो समयसम्म आंशिक तथा करारमा कार्यरत प्राध्यापकलाई सुविधा नदिएको विज्ञप्तिमा उल्लेख छ। 

देशभरमा मध्यपश्चिम विश्वविद्यालयबाट सम्बन्धन पाएका १० वटा क्याम्पस छन्। मुगुस्थित रारा बहुमुखी क्याम्पस र बाँकेस्थित बागेश्वरी बहुमुखी क्याम्पसमा गठित प्राध्यापक संघले आइतबार विज्ञप्ति निकालेर आन्दोलनको चेतावनी दिएका हुन्। 

 

 

ad
ad