Skip This
मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिँदै
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत १९ सोमबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका मकवानपुर
२o८o चैत १९ सोमबार ११:५५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, मकवानपुर
नयाँ पत्रिका
२o८o चैत १९ सोमबार ११:५५:oo

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज दिउँसो १ बजे विश्वासको मत लिँदै छन्।

आइतबार बसेको प्रदेश सभाको कार्यव्यवस्था समितिको बैठकले मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावलाई आज बागमती प्रदेश सभामा छलफल गराउने निर्णयसहित कार्यसूची तय गरेको थियो।

प्रदेश सभाका सचिव कृष्णहरि खड्काका अनुसार उक्त बैठकले मुख्यमन्त्री जम्कट्टेलले आज बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची तय भएको छ।

बैठकले मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावलाई छलफल गरी निर्णायार्थ प्रस्तुत गर्ने कार्यसूची छ। 

प्रदेश सभा बैठकमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि विभिन्न दलका प्रदेश सभा सदस्यले धारणा राख्ने सचिव खड्काले बताए।

कांग्रेसले प्रदेश सरकारबाट समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिनुपर्ने बाध्यात्मक अवस्था बनेको हो। सोहीअनुसार उनले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव सचिवालयमा दर्ता गराएका थिए। सरकार टिकाउन मुख्यमन्त्री जम्कट्टेललाई प्रदेश सभाका  ५६ सदस्यको मत आवश्यक पर्छ।

प्रदेश सभामा एमालेका २७, माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका सात, हाम्रो नेपाली पार्टीका दुई, कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाका तीन सदस्य छन्।