१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार १o:१३:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

गुजरातको दोस्रो जित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १o:१३:oo

शुभमन गिलको कप्तानीमा रहेको गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा दोस्रो जित निकालेको छ । आइतबार भएको लिगको १२औँ खेलमा गुजरातले सनराइजर्स हैदराबादलाई सात विकेटले हराएको हो । अन्तिम ओभरमा १ रन चाहिएकोमा छक्का प्रहार गर्दै डेभिड मिलरले जित निकालेका हुन् ।

पहिलो ब्याटिङ गरेको हैदराबादले पूरा ओभर खेल्दै आठ विकेट गुमाएर १६३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा १९.१ ओभरमा तीन विकेट गुमाउँदै गुजरातले जित निकालेको हो । गुजरातको जितमा मोहित शर्माले प्लेयर अफ दी म्याच प्रदर्शन गरेका थिए । उनले तीन विकेट लिएर मात्र २५ रन मात्रै खर्चिए । 

जितपछि गुजरातले तीन खेलबाट ४ अंक जोडेको छ । गुजरातले पहिलो खेलमा मुम्बई इन्डियन्सलाई ६ रनले पराजित गरेको थियो । दोस्रो खेलमा चेन्नई सुपर किंग्ससँग ६३ रनले पराजित भएको हो । त्यस्तै, हैदराबादको भने दोस्रो हार हो । पहिलो खेलमा कोलकातासँग ४ रनले पराजित भएको हैदराबादलाई दोस्रो खेलमा मुम्बईले ३१ रनले हराएको थियो । 

पहिलो खेलमा मुम्बई इन्डियन्सलाई ६ रनले पराजित गरेको गुजरात दोस्रो खेलमा चेन्नई सुपर किंग्ससँग ६३ रनले पराजित भएको थियो 

मिलर र सुदर्शनको बलियो साझेदारी 
गुजरातको जितमा डेभिड मिलर र साई सुदर्शनले तेस्रो विकेटको लागि ४२ बलमा ६४ रनको साझेदारी गरेका थिए । उनीहरूको सानदार प्रदर्शनमा गुजरातले सहज जित निकालेको हो । मिलरले २७ बलमा चार चौका र दुई छक्कासहित ४४ रनको अविजित इनिङ्स खेले । साईले ३६ बलमा चार चौका र एक छक्कासहित ४५ रन बनाएका हुन् । ओपनर तथा कप्तान गिलले २८ बलमा ३६, ऋद्धिमान साहले १३ बलमा २५ र विजय शंकरले १४ रनको योगदान गरे । यसअघि साह र गिलले पहिलो विकेटका लागि ३६ रनको साझेदारी गरेका थिए । 

हैदराबादको ब्याटिङ चलेन
प्याट कमिन्सको टस जितेर ब्याटिङ गर्ने निर्णयमा हैदराबादका कुनै पनि खेलाडीले ठूलो स्कोर बनाउन सकेनन् । ठूलो साझेदारी हुन नसकेपछि हैदराबाद दबाबमा आएको थियो । हैदराबादको इनिङ्समा अब्दुल समानदले १४ बलमा २९ रन बनाएका थिए । हेन्रिक क्लासेनले २४, अभिषेक शर्माले २९, शहबाज अहमेदले २२, ऐडन माक्रमले १७, ट्राभिस हेडले १९ तथा मयंक अग्रवालले १६ रनको योगदान गरेका हुन् । गुजरातका मोहित शर्माले तीन विकेट हात पारेका हुन् । 

बाबर पुनः पाकिस्तानको कप्तान
बाबर आजम पुनः पाकिस्तानी राष्ट्रिय क्रिकेट टिमको कप्तानमा फर्किएका छन् । आइतबार पाकिस्तान क्रिकेट बोर्डले पूर्वकप्तान बाबरलाई टी–२० र एकदिवसीय क्रिकेट टिमको कप्तानमा फर्काएको हो । बाबरले आगामी जेठमा वेस्ट इन्डिज र अमेरिकामा हुने टी–२० विश्वकपका लागि पाकिस्तानको कप्तानी गर्नेछन् । 

चार महिनाअघि भारतमा भएको एकदिवसीय विश्वकपमा खराब प्रदर्शन भएपछि बाबरको चर्काे आलोचना भएको थियो । यसपछि उनले दुवै फम्र्याटको क्रिकेट कप्तानबाट राजीनामा दिएका थिए । राजीनामा स्वीकृतपछि टी–२० मा बलर साहिन साह अफ्रिदी र टेस्टमा सान मसुदलाई कप्तान बनाइएको थियो । 

पाकिस्तानी क्रिकेट बोर्डले सर्वसम्मत रूपमा बाबरको नाम सिफारिस भएको बताएको छ । त्यसैले जिम्मेवारी पुनः सुम्पिएको बोर्डले दाबी गरेको छ । बाबर पहिलोपटक सन् २०१९ मा पाकिस्तानी क्रिकेट टिमको कप्तान बनेका थिए ।

ad
ad