१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार o८:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पशुपतिनाथ बाहिनीमा बाहिनीपति कप– २०८० सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o८:४५:oo

सशस्त्र प्रहरी बल नेपाल ९ नम्बर पशुपतिनाथ बाहिनीमा बाहिनीपति कप– २०८० आइतबार सम्पन्न भएको छ । व्यावसायिक गतिविधि चक्रअन्तर्गतको विभिन्न विधाका खेलकुद कार्यक्रम सम्पन्न भएको हो ।

प्रतियोगितामा १५ स्वर्ण, ६ रजत र चार कांस्यसहित बंगलामुखी विशेष कार्यदल गण प्रथम भएको छ । समापन कार्यक्रमलाई सम्बोधन गर्दै बाहिनीपति डिआइजी पुरुषोत्तम थापाले  ‘शस्त्रले होइन, कुनै पनि देश खेलकुदका माध्यमद्वारा विश्वको विजेता बन्न सक्छ, खेलकुदबाट नै राष्ट्रको गौरव, शान, मान, पहिचान स्थापित गर्न सकिन्छ’ भन्ने भावलाई संगठनले समेत आत्मसात् गर्दै खेलकुद क्षेत्रलाई विकास गर्नका लागि यस्तो अवधारणा लागू गरिएको बताए ।  

कार्यक्रममा उनले  संगठनले अवलम्बन गरेको सुधारका योजना कार्यान्वयनअन्तर्गत बाहिनी मुख्यालयमा भएका कामको जानकारी गराएका थिए ।  स्वीकृत दरबन्दी संख्याभन्दा बढी सशस्त्र प्रहरी कर्मचारीहरू नराख्ने नीति कडाइका साथ कार्यान्वयन हुनुका साथै जुनियर अधिकृत वेशपति हुने वेशहरूमा योग्यताक्रमबमोजिम खटाउने नीति लागू गरिएको छ ।

क्विक इम्पाप्यक प्रोजेक्टअन्तर्गत वर्षौँदेखि जीर्णोद्धारको पर्खाईमा रहेको पशुपतिनाथ मन्दिरपरिसर मर्मत सम्भार, अशक्त दर्शनार्थीलक्षित ह्विलचियर वितरण एवं रुद्रमती किरियापुत्री धाममा ढुंगेधारासहित स्नानगृह निर्माण कार्य बाहिनीले गरेको छ । बाहिनीदेखि मद्धति सेवा गुल्म तहसम्म महिला  कर्मचारीका लागि प्याड भेन्डर मेसिन राखिएको तथा एक जवान एक बिस्तारासम्बन्धी काममा बाहिनीमातहत शतप्रतिशत लक्ष्य हासिल गरेको जानकारी दिइएको छ ।  

ad
ad