१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार २१:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कास्की दुर्घटना (अपडेट) : मृत्यु हुनेको पहिचान खुल्यो

घाइते दशजनाको विभिन्न अस्पतालमा उपचार हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार २१:२७:oo

कास्कीमा आज भएको जिप दुर्घटनामा मृत्यु भएका दुुईजनाको पहिचान खुलेको छ। 
मृत्यु हुनेमा पोखरा महानगरपालिका– २३ पामे कार्कीतगराका ५५ वर्षीय लक्ष्मण सुनार र पामे ठूलाखेतका ५२ वर्षीय जयराम सुनार छन्। 

जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता प्रहरी इन्स्पेक्टर सूर्यबहादुर रानामगरका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवैको उपचारको क्रममा ज्यान गएको हो।

पोखरा महानगरपालिका– १ स्थित हरिचोकबाट कास्कीको अन्नपूर्ण गाउँपालिका ४ स्थित भदौरे सल्यानतर्फ जाँदै गरेको ग १ ज ५५४७ नम्बरको जिप सल्लाघारीस्थित सडकखण्डबाट करिब दुई सय ५० मिटर खसेर दृर्घटना भएको हो। 

दुर्घटनाको खबर पाएसँगै वडा प्रहरी कार्यालय बगरका प्रमुख इन्स्पेक्टर बोधराज रेग्मीको कमान्डमा पुगेको प्रहरीले स्थानीयको सहयोगमा घाइतेको उद्धार गरेको थियो। रेग्मीका अनुसार घाइतेहरूलाई उपचारका लागि पोखरा ल्याइएको छ। 

घाइते १० मध्ये चारजनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र ६ जनाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। 

इन्स्पेक्टर रेग्मीले घुम्तीमा मोड्ने क्रममा नियन्त्रण गुमाउँदा जिप दुर्घटना भएको अनुमान गरिएको बताए।

जिपका चालक अन्नपूर्ण– ४ का २२ वर्षीय धनराज सुनार, पोखरा २३ बस्ने ५८ वर्षीय लक्ष्मण कामी, अन्नपूर्ण– ५ सल्यानका ७ वर्षीय आरुश विक र अन्नपूर्ण– ४ बस्ने ४१ वर्षीय राजकुमार विकको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ। 

यस्तै, अन्नपूर्ण– ५ सल्यान बस्ने ३५ वर्षीय प्रकाश सुनार, ३५ वर्षीया सुशीला सुनार, १५ वर्षीया सोनिशा सुनार, पोखरा– २३ बस्ने ६० वर्षीय रामप्रसाद सुनार र  अन्नपूर्ण– ४ बस्ने वर्षीय ५० की देउमाया केसीको मणिपालमा उपचार भइरहेको छ।

ad
ad