Skip This
यथास्थितिमा मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिँदैनौँ : एकीकृत समाजवादी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत १८ आइतबार
  • Saturday, 27 July, 2024
२o८o चैत १८ आइतबार १८:४७:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

यथास्थितिमा मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिँदैनौँ : एकीकृत समाजवादी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o चैत १८ आइतबार १८:४७:oo

एकीकृत समाजवादी पार्टीले यथास्थितिमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने जनाएको छ। एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलका नेता कृष्ण शर्मा खनालले अहिलेकै अवस्थामा विश्वासको मत दिन नसकिने बताए।

नयाँ पत्रिकासँग कुरा गर्दै खनालले आफूहरू गठबन्धनमा भएको अनुभूति नै नभएकाले बागमती प्रदेश सरकारलाई विश्वासको मत दिइराख्नुपर्ने अवस्था नरहेको बताए।

एमाले र माओवादी केन्द्रका नेताहरूले गरेको निर्णयमा साक्षी किनारा मात्रै बस्नुपर्ने हो भने मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने उनले स्पष्ट पारे।

‘हामीलाई गठबन्धनमा भएको अनुभूति नै छैन। उहाँहरूले गरेको निर्णयको साक्षी किनारा मात्रै बस्नुपर्ने भए हामीलाई यो गठबन्धन चाहिएको छैन,’ उनले भने, ‘हामी एमाले र माओवादीको सत्ताआरोहण गर्ने भर्‍याङ मात्रै हाेइनौँ।’

नेता खनालले नयाँ गठबन्धन बनेको एक महिना हुन लाग्दासमेत सात प्रदेशमा कसले नेतृत्व गर्ने भन्ने टुंगो नलागेको भन्दै सातमध्ये कुनै एक प्रदेशमा एकीकृत समाजवादीले नेतृत्व पाउनुपर्ने प्रस्ट पारे। गठबन्धन दल भएपछि समान हैसियतमा ‘पावर सेयरिङ’ हुनुपर्ने उनको तर्क छ।

हाल एकीकृत समाजवादीबाट प्रदेश सरकारमा दुई मन्त्री रहेका छन्। सो पार्टीबाट डा. राजेन्द्रमान श्रेष्ठ कृषि तथा पशुपन्छी विकासमन्त्री र लक्ष्मण लम्साल श्रम, रोजगार तथा यातायातमन्त्री रहेका छन्।

हाम्रो नेपाली पार्टीका शैलेन्द्र महर्जनलाई मन्त्री बनाएर १९ चैतमा विश्वासको मत लिने तयारी गरिरहेका मुख्यमन्त्री जम्कट्टेललाई एकीकृत समाजवादीको अडानले संकट पर्ने देखिन्छ।