१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार ११:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मकवानपुरको बकैयामा भिरबाट लडेर एक बालिकाको ज्यान गयो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार ११:५४:oo

मकवानपुरको बकैयामा शनिबार साँझ भिरबाट लडेर एकजना बालिकाको मृत्यु भएको छ । बकैया गाउँपालिका– ६ ठूलोसुधास्थित भिरबाट लडेर आठ वर्षीया बालिकाको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । 

मृत्यु हुनेमा स्थानीय सन्दीप भोम्जनकी आठ वर्षकी छोरी पूर्णिमा भोम्जन रहेकी छिन् । घरबाट निस्किएर बाहिर हिँडेकी पूर्णिमा निकैबेर घर नफर्केपछि खोजतलासको क्रममा भिरबाट लडेर मृत अवस्थामा फेला परेकी बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । 

पूर्णिमा आफ्नै घरदेखि अन्दाजी दुई सय मिटर पश्चिममा रहेको बाघभैरव सामुदायिक वनको सुधाभिरबाट लडेर मृत अवस्थामा फेला परेकी हुन् । उनको शव भिरबाट झन्डै दुई सय मिटर तल फेला परेको प्रहरीको भनाइ छ । पूर्णिमाको मानसिक अवस्था ठीक नभएको परिवारले जानकारी दिएको प्रहरीले जनाएको छ । 

यस्तै, बकैया गाउँपालिका– ४ भीमसेन दमारमा घरको रेलिङबाट लड्दा १८ महिनाका बालक गम्भीर घाइते भएका छन् । स्थानीय सविन दाहालका छोरा सौरिस दाहाल तीनतले आफ्नै घरको दोस्रो तल्लाको रेलिङबाट खेल्ने क्रममा लडेर घाइते भएका हुन् । उनको आँखा र मुखमा चोट लागेको र अवस्था गम्भीर भएकाले उपचारका लागि चितवनको नयाँ मेडिकल कलेज पुर्‍याइएको प्रहरीले जनाएको छ ।

ad
ad