१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार o७:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सिद्धार्थ बैंक र आइसिएफबीच सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o७:o८:oo

जोखिम व्यवस्थापन, लैंगिक, डिजिटल तथा जलवायु वित्त क्षेत्रहरूमा क्षमता अभिवृद्धि गर्न सिद्धार्थ बैंक लिमिटेड र इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आइसिएफ)बीच सम्झौता भएको छ ।

बैंकले डिजिटल फस्र्ट अभ्यास अपनाई सुशासन पक्षहरूमा केन्द्रित हुँदै दिगो विकासलाई सधैँ प्राथमिकतामा राखेर आफ्ना समग्र रणनीति, वातावरणमैत्री एवं समाजकेन्द्रित बनाउँदै आएको छ ।

उक्त सम्झौताले बैंकको क्षमता अभिवृद्धि तथा अन्तर्राष्ट्रिय असल अभ्यास अनुसरण गरी बैंकलाई अझ बढी सुदृढ एवं सबल बनाई आफ्ना लक्ष्यहरू हासिल गर्न थप टेवा पुग्ने विश्वास लिएको छ । 

आइसिएफको ग्लोबल ट्रेड फाइनान्स कार्यक्रमको सदस्य पनि रहेको बैंकले आइसिएफद्वारा आयोजित १०औँ ग्लोबल ट्रेड अवार्डमा बेस्ट अपरेटिङ बैंक इन साउथ एसिया २०२१ अवार्ड पनि पाएको छ ।

त्यसैगरी, केही समयअघि मात्र पनि सिद्धार्थ बैंक र आइसिएफबीच नेपालका लघु, साना तथा मझौला उद्यमीहरूको व्यवसायमा र जलवायु वित्त पोषणमा लगानी गर्ने सम्झौता गरिसकेको छ । 

 

ad
ad