१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार o७:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सिद्धि हाइड्रोको आइपिओ सिटिजन्स क्यापिटलले निष्कासन गर्ने   

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o७:o५:oo

सिटिजन्स क्यापिटल लिमिटेड र सिद्धि हाइड्रो कम्पनीबीच साधारण सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतामा सिद्धि हाइड्रो कम्पनी लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक सन्तोषराज नेपाल तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार सिटिजन्स क्यापिटल लिमिटेडले सिद्धि हाइड्रो कम्पनी लिमिटेडको सार्वजनिक निष्कासनका लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ । 

सिद्धि हाइड्रो कम्पनी लिमिटेडले निर्माण गरिरहेको आयोजना ‘सिद्धि खोला जलविद्युत् आयोजना’ इलाम जिल्लामा छ । सो आयोजना १० मेगावाट बिजुली उत्पादन क्षमताको रहेको छ ।

ad
ad