१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा एमालेका जगन्नाथ थपलियालाई मन्त्री पदको शपथ गराउँदै । 
२o८१ बैशाख १७ सोमबार o८:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

१३ महिनापछि बागमती सरकारमा फर्कियो एमाले

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o८:oo:oo

१० चैत ०७९ मा बागमती प्रदेश सरकारबाट बाहिरिएको एमाले १३ महिनापछि पुनः सरकारमा फर्किएको छ । शनिबार एमाले नेता जगन्नाथ थपलियाले मन्त्रीका रूपमा शपथ लिएसँगै एमालेले बागमती प्रदेशमा दोस्रोपटक प्रवेश पाएको हो । 

एमाले बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका थपलियाले आर्थिक मामिला तथा योजनामन्त्रीको रूपमा शपथ लिएका छन् । उनलाई बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ गराए । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले थपलियालाई शनिबार नै मन्त्री नियुक्त गरेका थिए । यसअघि पनि थपलियाले आर्थिक मामिला तथा योजनामन्त्रीकै जिम्मेवारी पाएका थिए ।

मन्त्री थपलिया २६ पुस ०७९ मा पहिलोपटक प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्रीमा नियुक्त भएका थिए । करिब चार महिना सरकारमा रहेका उनले राष्ट्रपति निर्वाचनमा सत्ता समीकरण परिवर्तन भएपछि एमाले सरकारबाट बाहिरिएसँगै मन्त्री पदबाट राजीनामा दिएका थिए । तत्काल नेता थपलियाको नेतृत्वमा एमालेका थप तीनजना मन्त्रीसहित उनी सरकारमा सहभागी भएका थिए । सत्तागठबन्धन परिर्वतन भएसँगै १० चैतमा प्रदेश सरकारबाट एमालेका मन्त्रीहरूले राजीनामा दिएर बाहिरिएका थिए ।

एमाले बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक मधुसुदन पौडेलले नेता थपलियाले मन्त्री पदको शपथ लिएर एमाले सरकारमा रहेको संकेत दिएको बताए । उनले १९ चैतमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिएपछि एमालेले बाँकी मन्त्रीहरूको टुंगो लगाएर सरकामा सहभागी गराउने दाबी गरे ।

२३ फागुनमा तत्कालीन सत्तासाझेदार दल कांग्रेस सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री जम्कट्टेलले एमाले, माओवादी, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको साथ लिएर १९ गते विश्वासको मत लिने तयारी गरेका छन् । ११० सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री जम्कट्टेललाई सरकार टिकाउन ५६ सांसदको समर्थन आवश्यक छ । 

ad
ad