१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार o७:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

बारपाकमा १० मिनेटमै १८.८ मिलिमिटर वर्षा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o७:o६:oo

गोरखाको बारपाक क्षेत्रमा अत्यधिक वर्षा भएको छ । त्यहाँ शनिबार साँझ तीन घन्टामै ९०.१ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागको स्वचालित वर्षा मापन केन्द्र (अप्रशोधित तथ्यांक) मा रेकर्ड भएको छ ।

बारपाक क्षेत्रमा शनिबार बिहान ६ बजेदेखि अपराह्न ४:१५ बजेसम्म १.५ मिलिमिटर मात्र वर्षा रेकर्ड भएको देखिन्छ । तर, त्यसपछि निरन्तर वर्षा भएकोमा साँझ ७ बजेसम्म ९१.८ मिमि रेकर्ड हुन्छ । बारपाक क्षेत्रमा खण्डित वर्षा भएको हो । अपराह्न ४:५५ देखि ५:५५ अर्थात् एक घन्टामा ५८.४ मिमि पानी परेको देखिन्छ ।

यसमा पिक समय ५:७ देखि ५:१५ सम्मको १० मिनेट हो । यो अवधिमा १८.८ मिमि पानी परेको देखिन्छ, जुन मुसलधारे वर्षा हो । अपराह्न ५:३५ देखि ५:४५:१५.६ मिमि पानी परेको छ, भने त्यसअघि १६:१५ देखि १६:२५ सम्म ११.४ मिमि देखिन्छ ।

तर, बीचबीचमा पानी रोकिँदै फेरि परेको छ । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् इन्दिरा कँडेलले बारपाक क्षेत्रमा अत्यधिक वर्षा भएको बताइन् । ‘एक मिनेटमा एक मिमि पानी पर्‍यो भने ठूलो वर्षा भन्छौँ । यहाँ १० मिनेटमै १८ मिमिभन्दा धेरै वर्षा भएको छ,’ उनले भनिन्, ‘यो वर्षा अत्यधिक हो ।’ 

ad
ad