१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १६:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

गण्डक नहरमा भेटिएको डल्फिन उद्धार गरी नारायणीमा छाडियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १६:५५:oo

पश्चिम नवलपरासीको प्रतापपुरस्थित पश्चिमी गण्डक नहरमा भेटिएको डल्फिनको उद्धार गरी नारायणी नदीमा छाडिएको छ।

प्रतापपुर गाउँपालिका– ७ सूर्यपुरास्थित गण्डक नहरमा शुक्रबार दिउँसो भेटिएको डल्फिनलाई स्थानीय र वनका कर्मचारीले उद्धार गरी नारायणी नदीमा छाडेका हुन्।

डल्फिनलाई स्थानीय, वनरक्षक तथा इलाका प्रहरी कार्यालय बेलाटारी र गुठीप्रसौनी प्रहरीको सहयोगमा उद्धार गरी पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकाको त्रिवेणीस्थित नारायणी नदीमा छाडिएको इलाका प्रहरी कार्यालय बेलाटारीले जानकारी गराएको छ।

केही दिनदेखि सूर्यपुरामा रहेको गण्डक विद्युतगृहको बाँधआसपास पानी कम भएको मौकामा स्थानीयले डल्फिनको खोजी गर्दै आएका थिए। उक्त डल्फिन त्रिवेणीस्थित गण्डक बाँधबाट भारतीय नहर हुँदै सूर्यपुरा विद्युतगृहको बाँधसम्म आइपुगेको अनुमान गरिएको छ।

उक्त डल्फिन ७० देखि ७५ किलोको रहेको र लम्बाइ ६ फिटभन्दा बढी रहेको जिल्ला वन कार्यालयले जनाएको छ।

ad
ad