१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १७ सोमबार १४:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

निःशुल्क शौचालय सेवाका लागि महानगरले पेट्रोल पम्पलाई सरसफाइका सामान दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १४:१३:oo

काठमाडौं महानगरपालिकाले पेट्रोल पम्पहरूमा रहेका शौचालयलाई निःशुल्क सार्वजनिक शौचालयका रूपमा सञ्चालन गर्न सरसफाइ र स्वच्छताका सामग्री उपलब्ध गराउने भएको छ।

पेट्रोल पम्पलाई सरसफाइ सामग्री उपलब्ध गराउने गरी शुक्रबार महानगरपालिकाको सार्वजनिक-निजी साझेदारी एकाइ र बागमती पेट्रोलियम डिलर एसोसिएसनबीच सम्झौता भएको हो। सम्झौतापत्रमा एकाइका प्रमुख नरेन्द्रविलास बज्राचार्य र एसोसिएसनका तर्फबाट अध्यक्ष अच्युतबहादुर खड्काले हस्ताक्षर गरेका छन्।

सम्झौताबमोजिम महानगरपालिकाभित्रका ५० वटा पेट्रोल पम्पमा भएका शौचालयहरू सर्वसाधारणलाई प्रयोग गर्न निःशुल्क उपलब्ध हुनेछन्। यसबापत महानगरपालिकाले सरसफाइ र स्वच्छताका शौचालय सफाइ गर्ने र दुर्गन्ध हटाउने सामान सूचीकृत सामानसहित निःशुल्क सार्वजनिक शौचालय लेखिएको बोर्ड दिनेछ।

एकाइका प्रमुख बज्राचार्यकाअनुसार चालू आर्थिक वर्षमा तीन सयवटा निःशुल्क सार्वजनिक शौचालय थप गरिनेछ। यस क्रममा एसोसिएनसँग सम्झौता गरिएको हो।

सम्झौताबमोजिम सेवाग्राहीसँग पम्पहरूले शुल्क लिन वा शौचालय प्रयोग गरेबापत कुनै सामान खरिद गर्न, करकाप गर्न वा प्रोत्साहन गर्न पाउनेछैनन्। सार्वजनिक शौचालयमा कुनै पनि प्रकारको प्रचार सामग्री राख्न पाउनेछैनन्। शौचालयका लागि आवश्यक पर्ने पानी उपलब्ध गराउने, सफाइ गर्ने, मर्मत सम्भार र निकासको व्यवस्था पम्पहरूले गर्नुपर्ने बताइएको छ।
 

ad
ad