१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० चैत १६ शुक्रबार १८:१४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सुदूरपश्चिम सरकारबाट बाहिरिन संसदीय दललाई अध्यक्ष श्रेष्ठको निर्देशन

Read Time : < 1 मिनेट
२०८० चैत १६ शुक्रबार १८:१४:००

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम सरकारबाट समर्थन फिर्ता लिन पार्टीको प्रदेश संसदीय दललाई निर्देशन दिएकी छिन्। अध्यक्ष श्रेष्ठले संसदीय दलका अध्यक्ष घनश्याम चौधरीलाई पत्र लेख्दै समर्थन फिर्ता लिन निर्देशन दिएकी हुन्।

उनले १४ चैतमा टीकापुरमा बसेको पार्टीको केन्द्रीय समिति बैठकले सुदूरपश्चिम सरकारको समर्थन फिर्ता लिने निर्णय गरेको उल्लेख गर्दै संसदीय दललाई तत्काल सरकारबाट बाहिरिन निर्देशन दिएकी हुन्।

समर्थन फिर्ता लिएर सरकारबाट बाहिर नआए विधानअनुसार कारबाही गर्ने श्रेष्ठको चेतावनी छ।

प्रदेश सरकारमा नागरिक उन्मुक्तिका सात सांसदमध्ये एक राज्यमन्त्रीसहित पाँच मन्त्री छन्। यसअघि पनि श्रेष्ठले सरकारबाट समर्थन फिर्ता लिन निर्देशन दिएकी थिइन्। तर, अध्यक्षको निर्देशनविपरीत संसदीय दलले समर्थन कायम राख्ने निर्णय गरेको थियो। बिहीबार मात्र नागरिक उन्मुक्तिका दुई विनाविभागीय मन्त्रीले मन्त्रालयको जिम्मेवारी पाएका छन्।

मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने तयारी गरिरहेका वेला नागरिक उन्मुक्तिकी अध्यक्ष श्रेष्ठले सरकारबाट बाहिरिन निर्देशन दिएकी हुन्।