१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० चैत १५ बिहीबार १६:३५:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

बागमती सरकारमा हाम्रो नेपाली पार्टीको प्रवेश, बज्राचार्य मन्त्री बन्ने

Read Time : < 1 मिनेट
२०८० चैत १५ बिहीबार १६:३५:००

दुई दिनअघि बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको हाम्रो नेपाली पार्टी प्रदेश सरकारमा सहभागी हुने भएको छ। हानेपा सरकारमा सहभागी हुने भएपछि आजै मन्त्रिपरिषद् विस्तार हुने भएको छ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हानेपा संसदीय दलका नेता शैलेन्द्र बज्राचार्यलाई आजै शपथ गराएर सरकारमा सहभागी गराउने तयारी भएको जानकारी दिए।

बज्राचार्यलाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने टुंगो नभए पनि संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिने बुझिएको छ। यसअघि मंगलबार मात्रै हानेपाले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

समर्थन फिर्ता लिएर प्रदेश सरकारको नेतृत्व दाबी गरेको हानेपा सरकारमा सहभागी हुने भएको हो। मुख्यमन्त्री जम्कट्टेलले हानेपासँग राजनीतिक रूपमै सहमति गरेर सरकारमा सहभागी गराउन खोजिएको बताए।

‘उहाँहरूसँग छलफल भएरै हामीले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हौँ। हानेपासँग राजनीतिक रूपमा हुने सहमतिपत्रमा हस्ताक्षर गरेर नै तत्काल संसदीय दलका नेता बज्राचार्यलाई मन्त्री नियुक्त गर्न लागेका हौँ,’ मुख्यमन्त्री जम्कट्टेलले भने।

११० सांसद रहेको बागमतीमा सरकार गठनका लागि ५६ सांसदको समर्थन आवश्यक पर्छ। नयाँ गठबन्धनका रहेका दलहरूले बहुमत पुर्‍याउन नसक्दा साना दलहरूसँग नियमित छलफलमा थिए।

अहिलेको गठबन्धनमा एमालेको २७, माओवादीको २१ र एकीकृत समाजवादीको सात गरी जम्मा ५५ सांसद छन्। हानेपाको समर्थन पाएपछि अब सरकार जोगाउन आवश्यक ५६ सांसद हुनेछन्।