१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
मुख्य समाचार डिजिटल संस्करण

आलोपालो मुख्यमन्त्रीको सहमतिमा सरकारमा सहभागी : बज्राचार्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १७:२९:oo

हाम्रो नेपाली पार्टीका बागमती प्रदेश संसदीय दलका नेता शैलेन्द्र बज्राचार्यले आलोपालो गरी सरकारको नेतृत्व गर्ने सहमति भएपछि आफूहरू सरकारमा सहभागी हुन लागेको बताएका छन्।

गठबन्धन दल एमालेका नेताहरूसँगै मुख्यमन्त्री कार्यालय आइपुगेका नेता बज्राचार्यले आलोपालो मुख्यमन्त्रीको सहमति भएपछि सरकारमा सहभागी हुन लागेको प्रतिक्रिया दिएका हुन्।

नयाँ पत्रिकासँग कुरा गर्दै उनले आफूहरूले सुरुवातदेखि नै मुख्यमन्त्रीको दाबी गरेकोमा सत्तासाझेदार दलहरूले सहमति जनाएको बताए।

अहिले मुख्यमन्त्रीको सरकारीनिवासमा गठबन्धन दल र हानेपाका नेता बज्राचार्यबीच छलफल चलिरहेको छ।

यता एमालेका प्रमुख सचेतक मधुसुदन पौडेलले पनि हानेपालाई सरकारमा सहभागी गराउन राजनीतिक सहमति गर्ने तयारी भएको जानकारी दिए। तर, उनले सहमतिको विषय भने खुलाउन चाहेनन्।

ad
ad