१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० चैत १४ बुधबार ०७:२३:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सूर्य नेपाल एनपिजिए टुर : भुवन र सदभावले संयुक्त रूपमा लिए पाँच स्ट्रोकको अग्रता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० चैत १४ बुधबार ०७:२३:००

एमेच्योर सदभाव आचार्य र प्रोफेसनल गल्फर भुवन नगरकोटी सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत छैटौँ सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको दोस्रो दिन पाँच स्ट्रोकको अग्रता लिएका छन् । आचार्य र नगरकोटी समग्रमा ९ अन्डर १ सय ३५ स्कोरका साथ संयुक्त रूपमा शीर्ष स्थानमा रहनेछन । उनीहरूले एमेच्योर विजय श्रेष्ठ आइन्हाउसलाई ५ स्ट्रोकले पछि पारेका हुन् ।

नेपाल नम्बर एक एमेच्योर गल्फर सदभावले दिनको उत्कृष्ट नतिजा निकाल्ने क्रममा ८ अन्डर ६४ स्कोर गरेका थिए । उनी एकैपटक सातौँ स्थानबाट संयुक्त रूपमा शीर्ष स्थानमा उक्लिए । भुवनले ६ अन्डर ६६ को स्कोर गरी शीर्ष स्थानलाई निरन्तरता दिए । समग्रमा ४ अन्डर १ सय ४० स्कोर गरेका विजय तेस्रो स्थानमा छन् ।

समग्रमा १ अन्डर १ सय ४३ स्कोर बनाएका युवराज भुजेल, रवि खड्का र नीरज तामाङले संयुक्त रूपमा चौथो स्थान बाँडेका छन् । युवराजले १ अन्डर ७१, रवि र नीरजले १ ओभर ७३ मा खेल सकाएका थिए ।

३६ होलको समाप्तिमा १३ ओभर १ सय ५७ सम्म स्कोर गर्ने २३ प्रो र ६ एमेच्योर गरी कुल २९ गल्फरले कट बनाएका छन् । राष्ट्रिय टोलीका खेलाडी सदभावले प्रोफेसनल गल्फरलाई चुनौती दिने क्रममा बोगीरहित प्रदर्शन गरेका थिए । उनले फ्रन्ट नाइन २ अन्डर ३४ र ब्याक नाइनमा ६ अन्डर ३० को स्कोर गरे । उनले ब्याक नाइनमा उनले लोभलाग्दो गर्दै १०औँं, ११औँ, १४औँ र १६औँ होलमा बर्डी निकाले । 

भुवनले फ्रन्ट नाइन ४ अन्डर ३२ र ब्याक नाइनमा २ अन्डर ३४ को स्कोर गरेका थिए । उनले फ्रन्ट नाइनको पहिलो, दोस्रो, तेस्रो, चौथो र सातौँ होलमा पाँच बर्डी प्रहार गरे । एमेच्योर खेलाडी विजयले फ्रन्ट र ब्याक नाइनमा १ अन्डर ३५ स्कोर गरेका थिए । 

उनले फ्रन्ट नाइनमा तेस्रो, सातौँ, नवौँ, १०औँ, १५औँ र १८औँ होलमा बर्डी प्रहार गरे । प्रतियोगिताको विजेताले एक लाख ४० हजार र उपविजेताले ९६ हजार रुपैयाँ पाउनेछन् ।